भेरीमा स्वास्थ्यकर्मी कुटिएको प्रती प्रदेश अध्यक्ष थापाको आपत्ति, कारबाही नगरे युवा संघले कारबाही गर्ने

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा हिजो भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटिएको घटना प्रती आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घाउनेलाई कारबाहीको माग गरेका हुन् ।

अध्यक्ष थापाले अगाडी भनेका छन् , स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडा भन्दा कडा कारबाही होस् अन्यथा युवा संघ नेपालले कारबाही गर्ने घोषणा गर्दछ ।

गय राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ ।

प्रतिक्रिया