बाँकेमा अक्सिजन पर्याप्त मात्रामा छ, सिलिन्डरको अभाव हुनसक्छ : मेयर राणा

नेपालगन्ज : पछिल्लो समय बाँकेमा कोरोना भाइरलले भयावह रुप लिएको छ । जनस्तरबाट रकम सञ्चालन गर्ने देखि लिएर मनकारी व्यक्तिहरुले सहयोग गरेको पाइन्छ । यसै सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणालाई अहिलेको भयावह परिस्थितिमा  उपमहानगरपालिकाले के गरिरहेको छ भनि प्रश्न गर्दा मेयर राणाले  बाँकेमा अक्सिजन पर्याप्त मात्रामा छ, सिलिन्डरको अभाव हुनसक्छ भनेर बताउनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो अक्सिजन सहितको आइसुलेशन    बनाउन केही मात्रामा उपमहानगरपालिकाले आफ्नो कार्यालयबाट केही मात्रामा  मेडिकल स्टाफहरु  थप्न लागेको मेयर राणाले बताउनु भएको छ ।

नेपालगन्जमा अक्सिजन पर्याप्त मात्रामा भएको र अक्सिजन सिलिन्डर अपुग हुन सक्ने र यसको पनि उपमहानगरपालिकाले वोड मिटिङ बसेर छिट्टै समाधानको बाटो खोज्ने मेयर राणाको भनाइ रहेको छ ।

अहिले कोरोना दिन प्रतिदिन बढी रहेको भेरी अस्पतालमा धेरै भार परेकोले प्रत्येक वडामा नि आइसुलेशन तयार गर्ने जानकारी समेत राणाले बताउनुभयो । स्मरण रहोस् हिजो मेयर राणाले बाँकेमा रहेका अक्सिजन सिलिन्डर भराउने कम्पनीको नीरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया