प्रगतिशिल सिकाई केन्द्र जानकीद्वारा खेलकुद सामाग्री र साइकल बितरण

नेपालगन्ज : प्रगतिशील सामुदायिक सिकाई केन्द्र जानकीद्वारा खेलकुद सामाग्री तथा साइकल वितरण गरेको छ ।

प्रगतिशील सिकाई केन्द्रले जानकी गाउँपालिका वडा नम्बर पाँचका छात्राहरुलाई साइकल वितरण गरेको हो ।
कक्षा आठ उतृण गरेर कक्षा ९ मा अध्यन गर्दै गरेका वडाका २० जना छात्राहरुलाई केन्द्रले साइकल वितरण गरेको समाजसेवी मनमोहन बर्माले जानकारी गराए ।

त्यस्तै जानकारी गाउँपालिकाको सहयोगमा प्रगतिशील सिकाई केन्द्रले वडा नम्बर पाँचका ६ वटा स्कुललाई खेलकुद सामाग्री समेत बितरण गरेको छ ।

छात्राहरुलाई साइकल तथा युवा तथा बिद्यार्थीहरुलाई खेलकुद सामाग्री बितरण कार्यक्रममा बोल्दै सिकाई केन्द्रका अध्यक्ष बिमल कुमार बर्माले आगामी दिन केन्द्रले अझै राम्रो कार्य गर्दै वसा र सम्पुर्ण जानकि गाउँपालिकाको सामाजिक बिकासको लागि कार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले सिकाई केन्द्रले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा प्रगतिशील सिकाई केन्द्रले यसरी नै पालिका संग समन्वय गरेर पालिकाको सामाजिक बिकासमा कार्य गर्ने वातावरण तयार गर्न अनुरोध समेत गरेका थिए ।
अध्यक्ष यादवले सिकाई केन्द्रको यस्ता कार्यले जानकी गाउँपालिकाको शिक्षा , खेलकुद र सामाजिक बिकासमा योगदान पुग्ने धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रमका अतिथी तथा गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धितालले कार्यक्रममा बोल्दै सिकाई केन्द्रले शिक्षाको लागि योगदान पुराउने जुन कार्य गरेको छ त्यसले पालिकाको सामाजिक बिकास गर्न मद्धत पुग्ने बताउनुभयो ।

जानकी गाउँपालिकामा बिकास प्रेमी जनप्रतिनिधिको परिचय बनाउन सफल वडा नम्बर पाँचका अध्यक्ष रमेश बर्माले कार्यक्रममा बोल्दै वडा कार्यलयले सिकाई केन्द्र संग आगामी दिनमा सहकार्य गर्दै वडाको सामाजिक बिकासमा कार्य गर्ने बताएका छन् । कार्यक्रमको अतिथी समेत रहेका अध्यक्ष बर्माले सिकाई केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा, नेकपा एमाले जानकी गाउँकमिटी अध्यक्ष पदम धिताल, समाजसेवी मातृका प्रशाद कुर्मी, समाजसेवी रन्जित राम अहिर, नेका जिल्ला सदस्य छब्बन खा, समाजसेवी माधव दयाल बर्मा,  लेखा अधिकृत मतीन अहमद अन्सारी, इप्रका खजुराकुर्दका कार्यालय प्रमुख जनक बुढा, सन्ध्या शर्मा, प्रतिभा ओलि खड्का लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया