नेपालगन्ज ट्यालेण्ड हण्ड सिजन-२ को प्रथम रनरअफको उपाधी सेजल शर्मालाइ !

जयपती ढकाल नेपालगंज ट्यालेण्ड हण्डमा पनि पछिल्लो समय कलाकारिताको आकर्षण बढ्दो छ । सायद, त्यसैले पनि होला दिन प्रतिदिन यो क्षेत्रमा भित्रिनेको भीड छ । कलाकारिता र मोडलिङमा सुनौलो भविष्यको सपना पालेर भित्रिने थुप्रै युवायुवती मध्येकी एक हुन् सेजल शर्मा ।

रुकुम पश्चिममा जन्मेर सानो उमेर देखि मोडलिङ् गर्ने इच्छा राखेकी शर्मा चर्चित मोडल तथा सफल कलाकार बन्ने लक्ष्यले यो क्षेत्रमा होमिएको र आमा- बुवाको सपोट रहेको बताउछ्न ।

अहिले कक्षा ११ आदर्श माध्यामिक बिधालय नेपालगन्ज बाँके मेनेजमेन्ट बिषय लिएर अध्यानरत मिहिनेत लगनशील अनुसाशित बिद्यार्थी हुन सेजल शर्मा ।

उमेरको हकमा पनि उनी धेरै बर्ष छैन १६ बर्ष पुगिन,काठमाडौ सिद्धार्थ पव्लिक बोडिङ्बाट आफ्नो पहिलो स्कुलबाट सुरु गरेको अध्याय ५ कक्षा सम्म पढ्न पाइन २०७२ सालको भुकुम्पले हलचल गरे पछि आफ्नो गृह जिल्ला रुकुम पश्चिम फर्किन ,बुवा नेपाल पुलिस र आमा एन आइ सि एसिया बैंकमा जागीर गर्ने तर आर्थिक रुपमा कुनै समस्या थिइन ।

उज्वल भविष्य खोजेका बुवा आमाले फेरि रुकुम पश्चिममा रहेको श्री न्यु मुनलाइट सेकेन्डरी बोडिङ स्कुलमा भर्ना गर्नु भयो ,त्यहाँ पनि होस्टेलमा राखेर ६ देखि १० सम्म अध्यायन गरे ।

अहिले वुवा रिटायर भएर छिमेकी देश दुबईमा जागीर गर्दै छ्न ,आमा घरमै बसेर घरयासीमा कारेकि छ्न ,अझै मेरा हजार सपना पूरा गर्न लाग्नु भएको छ मेरा बुवा आमा नै मेरो थोक हुन र त आज यहाँ छु ।

पहिला पछि यस्तो कार्यक्रममा भाग लिने इच्छा हुदा पनि त्यस्तो अवसरनै मिलेन कार्यक्रम पनि मेरो रुकुममा भएन अहिले नेपालगंजमा आएर पहिलो चोटि नेपालगंज ट्यालेन्ट हण्ट हुने भनेर मेरो विद्यालयमा नेतृत्व नेपालगन्ज सर आउनु भयो सौन्दर्य ,नृत्य ,गाइन प्रतियोगिता हुने भने पछि मैले भित्री मनमा सोचे मेरो सपना एक पूरा हुने भयो ।

मैले आमालाइ फोन गरे आमा म यस्तो कार्यक्रम भाग लिन्छु है आमा – आमा को उत्तर आयो हुन्छ छोरी तैले गलत बाटो रोजेको छौ र ! म जसरी पनि आर्थिक सहयोग गर्छु भाग लग पढन समय मिलाउ हुन्छ भन्नू भयो ।

पहिलो पटक यस्तो कार्यक्रममा भाग लिएकी उनी मनमा उत्सुकता त लागेको थियो तर अथक प्रयास पछि सफल पनि भएको छ्न ।

सौदर्य प्रतियोगिता नेपालगन्ज ट्यालेण्ड हण्ड मा ‘मिस फोटो जेनिक’ को उपाधि हात परे पछि अभिनय र मोडलिङ रोजेकी शर्माले पहिलो फोटो सुट नारी म्यागजिका लागि गराएकी थिइन् ।

त्यसपछि लगातार कर्मसिलय फोटोसुट गर्दै आएकी उनले केही म्युजिकको साथमा समेत अभिनय गरेकी थिइन ,आफुमा भएको कला प्रस्तुत गरेर सबैको मन जितेकी थिइन जसबाट उनले राम्रो दर्शकको चर्चा समेत पाउन सफल भइन् ।

उनले अनुसासशन ,वेष्ट प्रस्नालिटी भियुज,र आफ्नो ट्यालेन्डमा आर्ट बनाएर प्रमाण पत्र,ट्रफी पाएको थिइन बेष्ट भ्युजको फस्ट रनर पनि भइन ।

 सानैदेखि फोटो खिच्न, नक्कल पार्न रमाउने स्वभावकी शर्मा आगामी दिनमा पनि भिडियो मोडलिङ निरन्तरता दिने बताउँछिन् ।

मोडलिङ विषयमा भने उनले अहिले सोचिसकेकी छैन । त्यस विषयमा ज्ञान पनि हुनुपर्छ । त्यसका लागि प्रशिक्षण लिने सोचमा छु ।’ विशेष गरेर क्याजुअल पहिरनमा आफुलाई कम्फर्टवल फिल गर्ने उनी सारी र कुर्था सुरुवालमा राम्री देखिन्छन् । नाच्ने, गाउने र सामाजिक काममा रुचि भएकी उनको बोलिरहने स्वभाव पनि छ ।

‘अरुको नजरमा सुन्दर र आकर्षक देखिनु नै ग्ल्यामर हो’ शर्माले ग्ल्यामरको बिषयमा धारणा राखिन् । चर्चित मोडल बन्ने धेरै भन्दा धरै काम गर्ने सोचमा रहेकी उनलाई यो क्षेत्रमा परिवारको पनि साथ र समर्थन रहेको छ । ‘परवारको साथ र सपोट ढुक्क भएर अगाडि बढ्न सजिलो भएको छ’ उनले सुनाइन् । 
 
समाजको अगाडि आत्मलाइ साची राखेर आमा बुवाको मन जितेको छु र आमा बुवाको सपना पनि पूरा गर्ने छु ,नेतृत्वले मलाई नेपालगन्ज ट्यालेन्ड हण्ड गरेर मलाई ठूलो अवसर दिएकोमा सम्पुर्ण टिमला धन्यवाद पनि दिएको छ्न ।

प्रतिक्रिया