नेतृत्व बिकासको आयोजना गरेको नेपालगन्ज ट्यालेन्ट हण्ड सिजन २को तीन जनाले पाए उपाधि ।

पवल घर्ती मगर

नेपालगंज- नेतृत्व बिकासको आयोजनामा नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को ग्राण्ड फिनाले नेपालगन्ज डिएसपी रोड स्थित रहेको मेजेस्टिक पार्टी पेलेसमा सप्पन्न भएको छ ।

शनिबार भएको नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को ग्राण्ड फिनालेमा मोडलिङको प्रज्ञा खत्रीले उपाधि उचाल्दा फस्ट रनरअप सेजल शर्मा बनिन भने सेकेन्ड रनरअपको उपाधि रोशनी यादवले उचालिन । दर्शकले दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा मोडलिङ तर्फकी निर्णायक सुमन थापाले नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को मोडलिङ तर्फको विजेता घोषणा गरेकी हुन्।

त्यस्तै गायनको आर्यन महपत्रले उपाधि उचाल्दा फस्ट रनरअप करिश्मा पोख्रेल बनिन भने सेकेन्ड रनरअपको उपाधि नविना चन्दले उचालिन । दर्शकले दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा गायन तर्फका निर्णायक प्रमोद डीजीले नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को गायन तर्फको विजेता घोषणा गरेका हुन्।

त्यस्तै नृत्यको अपेक्षा जिसीले उपाधि उचाल्दा फस्ट रनरअप रुपिका कटवाल बनिन भने सेकेन्ड रनरअपको उपाधि सन्ध्या यादवले उचालिन । दर्शकले दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा नृत्य तर्फका निर्णायक सन्तोष सोती मगरले नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को नृत्य तर्फको विजेता घोषणा गरेका हुन्।

नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२ नृत्य, गायन र मोडलिङको उपाधिसहित विजेताले १० हजार रुपैयाँ पुरस्कार र काठमाडौंको ओरिएन्ट कलेजमा +२मा निशुल्क छात्रवृत्ति समेत प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले ५ हजार र सेकेन्ड रनरअपले ३ हजार नगद प्राप्त गरेका छन्। विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले नगद पुरुस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

नेपालगन्ज ट्यालेन्ट हन्ट सिजन-२को ग्राण्ड फिनालेमा विभिन्न संघ सस्थाका व्यक्तित्व, मिडियाकर्मी, गायन, नृत्य, मोडलिङ प्रशिक्षक, सिजन-१का विजेता र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । नेतृत्व बिकासका निर्देशक सुरेन्द्र चलाउने हुनुहुन्छ भने कार्यक्रम संयोजक सागर छेत्री हुन् ।

नेतृत्व बिकासका निर्देशक चलाउने कार्यक्रममा बोल्दै गत वर्ष झैँ यो वर्ष पनि नेतृत्व बिकासको आयोजनामा हजुरहरुको माया र साथले नेपालगंज ट्यालेन्ट हन्ट सिजन-२ गर्न सफल भएको पनि बताउनु भयो

जति जना प्रतिस्पर्धीहरु हुनुहुन्छ कोहीपनि हारेको महसुस नगर्नुहोला यो एउटा प्रतिस्पर्धा हो यसमा हार जित भैहाल्छ तर जित्नु भन्दा मैले के सिकेर जादैछु त्यो कुरा एकदमै महत्त्वपूर्ण हो भनेर सबै प्रतिस्पर्धीहरुलाई उत्साह दिनुभएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा सुमन थापा , सन्तोष सोती मगर र प्रमोद डिजी,महेन्द्र सिडाही रहनुभएको थियो ।
उक्त कार्यक्रम संचालक तपेन्द्र तपाली र सुचित्रा कार्किले गरेका थिए ।

प्रतिक्रिया