नेकपा एकीकृत समाजवादीमा एकताबद्ध हुन युवा नेता रसाइलीको आग्रह

नेपालगन्ज : युवा संघ नेपालका बाँके जिल्ला सचिव सुनिल रसाइलिले बाकेमा भएका सबै युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको युवा संगठन युवा संघ नेपालमा आवद्ध हुन आव्हान गर्नुभएको छ ।

माधव नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अगाडी बढाए संगै बाँकेका युवा नेता रसाइलीले त्यस्तो आव्हान गर्नु भएको हो ।

सचिव रसाइली आफ्नो सामाजिक संजाल फेसबुकमा सबै युवाहरूलाई आव्हान गर्दै लेख्नु भएको छ, ‘अबको यात्रा नेकपा (एकीकृत समाजवादी) पार्टिको युवा संघ नेपालमा, बिचलित नभएर अगाडी बढन सम्पुर्ण युवा शक्तिलाई संगठनमा समाहित भएर अगाडि बढ्नका लागी आव्हान समेत गर्दछु ।’

रसाइली संगै नेकपा एकीकृत समाजवादीमा समाहित हुन अनेरास्ववियु बाँकेका अध्यक्ष तथा अखिल फोर्स लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र मल्लले नेकपा एकीकृत समाजवादिमा समाहित भएर संगठनमा लाग्न आव्हान गरेका छन् ।

प्रतिक्रिया