जिभिएन कलेज नेपालगन्जमा कानुन विषय लिएर पढ्ने विद्यार्थीहरुद्वारा गण्डकी प्रदेश भिजिट


बाँकेको नेपालगन्जमा रहेको जिभिएन कलेजमा प्लस टुमा ल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले गण्डकी प्रदेश पोखरामा केही मन्त्रालय र  अदालत भिजिट गरेका छन् ।

भिजिटका क्रममा  गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय,आर्थिक मामिला तथा योजना मन्त्रालय ,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,  मुख्यमन्त्री कार्यालय कि सचिब श्री ईन्दु घिमिरे सङ्ग GVN कक्षा १२ का कानुन संकायका बिद्यार्थीहरु परामर्श समेत गरेको कलेजका कार्यकारी प्रमुख गणेश  भण्डारीले बताउनुभयो ।

पाठ्यक्रममा निर्दिष्ट गरिए अनुसार कोरोनाको असहज परिस्थितिमा पनि विद्यार्थीहरुलाई धेरै कुराहरुको ज्ञानहोस् भनेर भिजिट लगिएको  कार्यकारी प्रमुख  भण्डारीले बताउनुभयो । उहाँका अनुसार कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको चाहाना अनुसार भिजिट गराउने गरेको बताउनुभयो ।

पोखरामा मुख्यमन्त्री कार्यालय, कानुन तथा मामिला मन्त्रालय, पुनरावेदन तथा जिल्ला अदालत, विश्वविद्यालय लगायतको ठाउँमा विद्यार्थीहरुलाई भ्रमण गराएको उहाँले बताउनुभयो ।
भ्रमणका क्रममा त्यहाँका मन्त्रालयका सहसचिव देखि अदालतमा कार्यरत सह न्यायाधीश लगायत  सबैले राम्रो सहयोग गरेको र विद्यार्थीहरुलाई पनि जानकारी गराएको विद्यार्थीसंगै गएका कलेका शिक्षक दिपेन्द्र शर्माले बताउनुभयो ।

प्रतिक्रिया