गर्मीको कारण चराचुरुङ्गी मर्ने हुदा पानीले भरिएको कचौरा छतमा राख्ने अभियान लियो क्लब नेपालगन्ज बजारको ।

नेपालगन्ज

नेपालगन्ज नेपालको अन्य क्षेत्र भन्दा अलि फरक पहिचान बोकेको बाँके जिल्ला हो ,मौसम प्रतिकूलका कारण हिउँदऋतुमा असाध्यै जाडो हुने र बसन्तॠतु देखी बर्षायाम सम्म असाध्यै गर्मी हुने गर्दछ ।

यसको प्रभाव सम्पुर्ण सजिव प्राणिहरुमा पर्ने देखेको छ,यस्तो समयमा पनि बसन्त ऋतु लागे संग चराचुरुङ्गीहरुले गुडहरु बनाउने र वनमा हरिया पालुवा पलाउने गर्छन ।

गर्मीको कारण पानीका खाल्डाखुल्डी सुग्ने पानीको पनि अभाव हुन्छ र चराचुरुङ्गी गर्मीले अझै अफ्ट्यारो हुने भएको हुदा लियो क्लब नेपालगन्ज बजारले चराहरुलाइ सुरक्षीत पानी र चारोको व्यवस्थापन गरेर साझँ घरको छतमा चारो राख्ने अभियान चलाइरहेका छ्न यो पूरै गर्मी हुदा सम्म सेभबर्ड्स अभियान चलाउने अध्यक्ष छुछुन नेवार्नी ( बिमला श्रेष्ठले बताउनु भएको छ ।

तपाईको चित्र हाम्रो फेसबुक पृष्ठमा पठाउन सक्नुहुन्छ “नेपालगंज बजारको लियो क्लब” तपाईको बाल्कनी / विन्डो वा टेरेसमा पानीले भरिएको कचौरा राख्नु भयो भने चराचुरुङ्गी लाई सहज वातावरण हुने र गर्मी बाट बच्ने श्रेष्ठ बताउनु हुन्छ ।

यदि तपाईं हामीसँग यस अद्भुत अभियानमा भाग लिनुभयो भने हामी खुसी हुनेछौं नागरिकहरूमा चेतना फैलाउनको लागि कदम चाल्नुहुने छ भन्ने विश्वास लिएको बताउनु भयो ।

नेपालगंज बजार समुहको लियो क्लबले गरेको यो कार्यलाई सम्पुर्ण लियो क्लब नेपालगन्ज बजार संग आवद्ध सबै लाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया