कोरोना संकटमा नेपालगंज उपमहानगरपालिकाकि उप प्रमुख अहोरात्र सेवामा ।

जयपती ढकाल – नेपालगन्जमा सक्रिय संक्रमितको सख्ंया बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल धेरै जना सक्रिय संक्रमित रहेका छन्। 

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था जटिल किन रहेको छ र नेपालगन्ज उपमहानगरपालिकाले के कस्ता योजना बनाएको छ भनेर उप प्रमुख उमा थापा मगर संग प्रश्न गरेका छौ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ। तर, दुबै अस्पतालका बेड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने बिषयमा उपमहानगरपालिकाको बोर्ड बैठक बसेर अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र तीन वटा आइसोलेसन बनाएको उप प्रमुख थापा मगरले जानकारी दिनु भएको छ ।

भेरीमा संक्रमितका लागि बनाइएको १४२ वेड पूर्णरुपमा भरिएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डा प्रकाश थापाले बताए पछी नेपालगन्ज उपमहानगरपालिकाले रामलिला मैदान,वडा नम्बर चारमा आइसोलेसन तयार गरेर उपचार भइ रहेको पनि थापाले बताउनु भयो ।

उपचारको लागि स्वास्थ्यकर्मिको अभाव र दक्ष जनशक्तिकोकमिले गर्दा आइसोलेसन खोलेर मात्र बिरामीको उपचार नहुने भए पछि अक्सिजन सहितका आइसोलेसन र ४२ जना स्वास्थकर्मी नेपालगन्ज उपमहानगरपालिकाले करारमा दुई महिनाको लागि नियुक्ति गरेको उप प्रमुख थापाले बनाउनु भएको छ ।

‘स्थिति नियन्त्रण बाहिर गइसक्यो। अस्पतालका सबै बेड भरिएका छन्,’ उ, ‘जटिल प्रकारका बिरामी आउने क्रम जारी छ। त्यसैले हरेकले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी देखिएको बताउनु भयो ।

संक्रमणको स्थिति नियन्त्रण बाहिर गएकाले अस्पतालमा बिरामीले उपचार पाउने अवस्थाबाट बन्चित भएको बताउँदै उनले अस्पताल प्रशासनले मात्र केही गर्न नसक्ने देखे पछि अहोरात्रमा नगरपालिकाको टिम खटिएको जानकारी दिनु भयो ।

पछिल्लो समय कडा खालका लक्षण भएका बिरामी आउने क्रम जारी रहेको र तत्काल अक्सिजन सहितको नेपालगन्ज उपमहानगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा राखेका छौ र पिसिआर निशुल्क गर्ने गरेको पनि जानकारी दिनु भयो ।

तत्काल कडा लकडाउन गरी सिमानाकामा कडाइ, उपचारका लागि जनशक्ति, अक्सिजनसहितको बेड बनाएको जानकारी दिनु भयो ।

‘अघिल्लो समय सामान्य लक्षण भएका संक्रमित बढी थिए। उपचारका लागि सबैलाई अक्सिजन आवश्यक परेको थिएन,’ उनले भनिन, ‘यसपटक कडा निमोनिया भई आउने गम्भीर प्रकृतिका बिरामी बढी छन्।’ 
पछिल्लो समय हरेक दिन परीक्षण गरिएका पिसिआर नमुनामध्ये ८० प्रतिशत पोजिटिव भइरहेको बताउँदै उनले कडा कदम नचाले अवस्था झन जटिल बन्ने छ र सबै सुरक्षीत हुन पनि आग्रह गर्नु भएको छ ।

भेरी अस्पतालका अस्पतालमा थप गम्भीर बिरामी आए पनि उपचार गर्न राख्न सकिने भएकाले तत्काल थप व्यवस्थाका नेपालगन्ज उपमहानगरपालिकाले अर्को तेस्रो आइसोलेसन बाल मन्दिर स्कुल रामलिलामा तयार गरिदै गरेको पनि जानकारी दिनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकाले बिरामिको ब्यवस्थापनको लागि अहोरात्र खटिएको र धेरै बिरामी बढ्यो भने प्रत्येक वाडमा आइसोलेसन संचाल गर्ने र भेरी अस्पतालमा बेड खाली नहुन्जेल उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्ने र अक्सिजन औषधि दिने जानकारी दिनु भएको छ।

प्रतिक्रिया