कोरोना कहर : जिभिएन कलेज नेपालगन्जले लियो एप सञ्चालनमा

नेपालगन्ज : कोरोना कहरका कारण विद्यालय र कलेज धमाधम बन्द हुँदै गइरहेको अवस्थामा जिभिएन कलेज नेपालगन्जले पढाइलाई प्रभावित हुन नदिन  एप सञ्चालनमा ल्याएको छ ।

कोरोनाका कारण विद्यालय  बन्द हुँदा विद्यार्थीको पढाई प्रभावित हुने नै भयो । तर  जिभिएन कलेजले भने पढाई प्रभावित नहुने जुक्ति निकालेको छ ।

कलेजले अनलाइन कक्षा प्रभावकारी बनाउनका लागि बेग्लै एप सन्चालनमा ल्याएको छ । विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बिहिवारदेखि उक्त एप सन्चालन भएको बताए । विद्यालय बन्द भएको अवस्थामा अनलाइन मार्फत निरन्तर  रुपमा पढाई हुने उहाँले बताउनुभयो  ।

प्रतिक्रिया