एक हजार अस्पतालको लागि हेमन्त राज काफ्लेको अभियानमा सधैं सामाजिक सेवामा रमाउने प्रकाश सहयोगमा जुड्दै ।

नेपालगन्ज

नेपालगन्जमा रहेको भेरी अस्पतालमा हाल कोभिड–१९ का बिरामीहरुका लागि बेडको अभाव देखिएको छ अस्पतालमा भर्ना भएका,कोभिडका बिरामिलाइ अक्सिजन चाहिने भएको छ ।

त्यसैगरी भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आफ्नो स्टाटसमा स्थिति नियन्त्रण बाहिर, कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भेरी भराऊ, जटिल प्रकारका संक्रमित बिरामीको आउने क्रम जारी छ, हामी मुखदर्शक भएर बस्ने बाहेक केही गर्न नसक्ने अवस्था छैन । हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ, आउँदा दिनहरु अझै भयावह हुने देखिन्छ, हामी हाम्रोतर्फबाट सतप्रतिशत दिन्छौ, हरेक नागरिकले आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित हुन सहयोग गर्न हार्दिक अनुरोध गर्दछु भनी लेखेका छन् ।

बाँके कोरोना फोकल प्रसर्न तेज वली ब्यवस्थापन समितिका अध्यक्ष देखि यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरुले समेत आ–आफ्नो स्टाटसमा समस्यालाई दर्शाएका छन् ।

सोही स्टाटसलाई आधार बनाई हेमन्तराज काफ्ले आफ्नो फेसबुक स्टाटसमा “म एक नागरिक हो, मेरो नि आफ्नो जिम्मेवारी छ” भनी लेखेका छन् । सोही स्टाटसकै आधारलाई मानी नेपालगन्जमा रहेका मनकारी सहयोगी हातहरुले अक्सिन ग्यास खरिद गर्न भेरी अस्पताललाई आर्थिक सहयोग गर्न शुरु गरेका छन् ।

यो समस्यालाई मध्यनजर गर्दै हेमन्त राज काफ्लेले एक हजार अस्पतालको लागि भन्ने अभियान शुक्रबार बिहान बाट संचालन गरेका थिय ।

काफ्लेद्वारा चलाईएको यस अभियानलाई मानवताप्रेमीहरुले सकारात्मक रुपमा लिएका छन् र खुलेर भेरी अस्पतालमा अक्सिन ग्यास अभाव हुन नदिन आर्थिक सहयोग गरिरहेका छन् ।

जहिले पनि एक हातले ताली नबज्ने भएर होला समाजसेवी काफ्लेले आफू कार्यव्यस्थताले समाजसेवी प्रकाश कुँवरलाई सबै कोरोना संक्रमितको प्राण रक्षाका निम्ति पनि सहयोग गरेर व्यवस्थापन गरिदिन आग्रह गरे पछि अहिले प्रकाश कुँवर मनकारी मन संग आर्थिक रकम संकलन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया