आज बाँकेमा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको सङ्ख्या वृद्धिमा केही कमी भएको छैन ।  प्रत्येक दिन संक्रमितको सङ्ख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । शनिबार  बाँकेमा ४२९ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या रहेको छ ।

भेरी अस्पताल नेपालगन्जको परिक्षणमा २०४ जनामा कोरोना पुष्टि भएको छ भने, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा  ११८ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी  बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा  ९३  जनामा र जमुनाहा नाकामा  १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

दैनिक रुपमा कोरोना संक्रमण बढ्ने र मृत्युु हुनेको सिलसिला समेत नरोकिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले  नेपालगन्ज उपमहानगरपालिका का २३ वटै वडामा निषेधाज्ञा जारी गरिएको छ भने भोलिदेखि कोहलपुर नगरपालिका भित्रका वडामा पनि लकडाउन गर्ने निर्णय कोहलपुर नगरपालिका कोभिड नियन्त्रण केन्द्रले गरेको छ ।

प्रतिक्रिया