आज बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित पुष्टि

नेपालगंज : आज बाँकेमा जिल्ला भित्रका २१ जनामा र जिल्ला बाहिरका ११ जनामा गरी  ४० जनामा  कोरोना पुष्टि भएको  बाँकेका कोभिड १९ फोकल पर्सन तेज वलीले   जानकारी दिनु भएको छ ।

बाँकेमा रहेका प्रयोगशालामा गरिएको जाचका क्रममा  ७ महिला र १४ पुरुष गरेर  २१ जनामा  कोरोना संक्रमणको देखिएको छ । यो संगै कोरोना संक्रमितको  सङ्ख्या  ४ हजार ८ सय  ६३ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या बाँके जिल्लाका  ५७ जना र बाहिरी जिल्लाका बाँकेमा उपचार गराउदा गराउदै ९० जनाको मृत्यु भएको छ यसरी मृत्यु  हुनेको सङ्ख्या १४७ जना पुगेको छ ।

एकतातिर बाँकेमा दिन प्रतिदिन कोरोना संक्रमणको सङ्ख्या  बढिरहेको छ भने कोरोना भाइरस (कोभिड १९) लाई  जितेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । आज ६ जना घर फर्किए संगै आज सम्म बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या  ४ हजार ६ सय ९१  जना  रहेका छन् भने ११५ जना जिल्लाको विभिन्न आइसोलेसन सेन्टरहरुमा उपचारार्थ रहेका छन् ।

प्रतिक्रिया