अब्बल प्रहरी अधिकृत धर्मराज जोशी पुरस्कृत

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार जिल्लाका विभिन्न प्रहरी इकाइ प्रमुखको रुपमा कार्यरत ३ प्रहरी अधिकृतहरुलाइ उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा पुरस्कृत एवं सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दिया जिल्लामा आफ्नो तेस्रो महिनाको कार्यकाल पूरा भएको अवसरमा गत मंगलबार मातहतका ३९ वटा प्रहरी युनिटहरुका इन्चार्जको त्रैमाशिक कार्यसम्पादन मुल्यांकन एवं प्रगती विवरण विश्लेषण गर्नुभएको थियो ।

सो युनिटहरुका प्रहरी इन्चार्जहरु मध्य ३ जनालाई पुरस्कृत गरिएको थियो जसमध्ये इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मीन बहादुर घले, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशी र ईलाका प्रहरी कार्यालय मैनापोखर अन्तरगतको प्रहरी चौकी कालिकाका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पाल रहेका छन् ।

बर्दिया जिल्लामा ९ वटा मुद्दा चल्ने (क) बर्गका इ.प्र.का. छ्न, अन्य (ख) बर्गका र बाकी चौकिहरु भएतापनी इलाका प्रहरी कार्यालय मैनापोखर जिल्लामै अब्बल साबित भएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको अथक मेहनत र प्रमुख जोशिले मैनापोखर आए देखी गरेका असल कार्यले सम्मान स्वरुप उक्त पुरस्कार प्राप्त गर्न सफल भएको स्थानियको बुझाई छ ।

इप्रका मैनापोखर र मैनापोखर मातहतकै प्रहरी चौकी कालिकाका प्रमुख प्रहरी सहायक निरीक्षक सन्त बहादुर पाल ज्युले उल्लेखनीय प्रहरी कर्म गरि पुरस्कृत हुन सफल हुनुमा यसको जस निसन्देह प्रहरी निरीक्षक धर्मराज जोशीको कमान्डसीप लाई नै जाने र स्थानिय बताउछन् ।

प्रहरी कर्म र अपराध अनुसन्धानमा दक्षता भएको प्रहरी प्रमुखको रुपमा परिचय आर्जन गरेका जोशी शिनियर र जुनियर अफिसरको रोजाइमा पर्छन् ।

बाँकेको खजुरा गाउँ पालिका र भारतको सिमानाका संग सिमाना जोडिएको बर्दियाको मैनापोखर क्षेत्र अपराधीक गतिविधि र चुनौतीका हिसाबले संबेदनसिल क्षेत्र मानिन्छ । त्यही मैनापोखरमा बिगत ९ महिना देखि प्रहरी प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका जोशी कुशल, व्यावसायिक, प्रगतिशील, ईमानदार, मेहनती, लगनशील, जनमैत्री, मिलनसार, निडर, नेतृत्वदायी प्रहरी अधिकृतको रुपमा आफ्नो छबि बनाउन सफल भएका छन् ।

सफल र कर्तव्यनिष्ठ प्रहरी अधिकृत जोशी जिल्ला प्रहरी कार्यालय बर्दियाको त्रैमाशिक कार्यसम्पादन मुल्यांकनमा “भौतिक पुर्वाधार तथा सस्थागत सुधार र अपराध नियन्त्रण एवं अनुसन्धानमा” जिल्ला भरिमै अब्बल र सर्वोउत्कृष्ठ प्रहरी अधिकृतको रुपमा छनोट भइ पुरस्कृत हुन सफल भएका हुन् ।

बिभागले जहाँ खटाएपनि आफ्नो दायित्व र जिम्मेवारीप्रती सदैब बफादार भइ कुनै संकोच नमानी निस्वार्थ रुपमा सेवाप्रती समर्पित प्रहरी अधिकृतको रुपमा चिनिने प्रहरी निरीक्षक जोशी २०७४ को पहिलो चरणको स्थानीय निर्वाचनमा जि.प्र.का. कास्की, विकट जिल्ला जि.प्र.का. दार्चुला, जि.प्र.का. कंचनपुरमा समेत कार्य गरिसक्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरमा कार्यरत रहदा निर्मला हत्या प्रकरणको समयमा उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न उहाँभन्दा सिनियरलाई तत्कालीन एस.पि. कुबेर कडायतले जिम्मेवारी दिदा उहाँहरुले लिन नमाने पछि जोशिले भिड नियन्त्रण तथा रिओट कन्ट्रोलको लागि फिल्ड अप्रेसन ब्रान्च प्रमुखको रुपमा जिम्मेवारी प्राप्त गरि फिल्डमा निर्णायक भुमिका खेल्नुभएको थियो ।

प्रहरी निरीक्षक जोशिको उक्त भुमिका पश्चात् नेपाल प्रहरीको मुल जिम्मेवारी मानिने अपराध अनुसन्धानको लागि तत्कालिन कंचनपुरका एसपी, डिएसपी, मुद्दा शाखा प्रमुख , समेत कारबाहीमा परि निलम्बन भएको नाजुक र प्रहरीको खस्केको मनस्थितिमा उर्जा थपी जिल्ला प्रहरी कार्यालय कंचनपुरमा क्राइम इन्भेस्टिगेसन ब्रान्चको प्रमुखको रुपमा त्रुटिरहित ढंगबाट (१८ महिना) आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो ।

त्यस्तै प्रहरी निरीक्षक जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टगाल, पोखरा लगायतका स्थानमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।

केहि नयाँ र प्रेरणामुलक कार्य गर्न रुचाउने प्रहरी निरीक्षक जोशिले हरेक हप्ता कार्यालयमा थप नयाँ निर्माण सम्बन्धी कार्य कार्यक्रमको सुरुवात गरि कार्यकालको ३५औं हप्ताको अवधिमा ३५ वटा निर्माण कार्यहरु सम्पन्न गरिसक्नुभएको छ । साथै यस त्रैमाशिक अवधीमा मात्र १५ वटा निर्माण तथा संस्थागत सुधारका कार्यहरु गरिसकेका छन् ।

जोशिले आफ्नो कार्य क्षेत्रमा चोरी घटनामा नियन्त्रण र उक्त क्षेत्रमा हुने अपराधीक क्रियाकलाप नियन्त्रण र लागूऔषधको ओसारपसार र सेवनमा समेत नियन्त्रण गर्न सफल प्रहरी अधिकृतको रुपमा आफुलाई चिनाउन सफल भएकोले स्थानियले समेत स्नेह तथा सहयोग गरेको पाइएको छ ।जसले प्रहरी संगठन कै छवि उच्च राख्न सफलता मिलेको छ ।

प्रतिक्रिया