अक्सिजनक‍ो अभावका कारण कोभिड संक्रमित बिरामी भर्ना गर्न नसकिने भन्दै नेपालगन्ज मेडिकल कलेजले विज्ञप्ति निकाल्यो

नेपालगन्ज : मध्य तथा सुदूरपश्चिम क्षेत्रका बिरामीको  रिफरल सेन्टरको रुपमा सेवा दिदै आइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अक्सिजनको चरम अभाव भएको भन्दै कलेजका प्रवन्धक सञ्चालक डा- सुरेश कुमार कानोडियाले आज  विज्ञप्ति निकाल्नु भएको छ ।

उक्त विज्ञप्तिमा कोरोना महामारीको  सुरुवाती समय देखि लुम्बिनी प्रदेशको भैरहवाबाट समेत रिफर गरेकोे कोभिड संक्रमित बिरामीको उपचार गरेको, मध्यपश्चिमका र सुदूरपश्चिमका बिरामीको सफल उपचार गर्दै आइरहेको कलेजमा दैनिक ८०० सिलिन्डरको आवश्यकता पर्ने भएको हुदा केही दिन यता भारतबाट समेत अक्सिजन आउन नसकेको भन्दै भर्ना भएका बिरामीहरुभन्दा अरु बिरामीलाई भर्ना गर्न नसकिने जनाइएको छ ।

अस्पतालको  व्यवस्थापन समितिको निर्णय र नेपाल सरकारको अनुरोधलाई मध्यनजर गर्दै ४५ आइ सी यु सहितको १०० बेडको सरकारसंग संझौता गरेता पनि व्यवस्थापनले अन्य सबै किसिमका बिरामीलाई उपचार गर्न  छाडेर कोभिड डेडिकेट  ३०० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएपनि अक्सिजन लिक्विड वा सिलिन्डरको चरम अभाव हुनसक्ने भन्दै  सरकारलाई प्रवन्ध गरिदिन पत्राचार  गरेपनि केही पहल नभएको विज्ञप्तिमा लेखिएको छ ।

अस्पतालले कोभिड संक्रमित बिरामीको समेत सफल शल्यक्रिया गरेर प्रसुति सेवा दिएको, आफ्ना थुप्रै चिकित्सक तथा कर्मचारीहरु संक्रमित भएको , २ जना कर्मचारीको कोभिडका कारणले ज्यान समेत गुमाइसकेका छन् ।
हेर्नुहोस् प्रेस विज्ञप्ति –

प्रतिक्रिया