Breaking News : सप्तरीमा एसईई परिक्षा :आज पनि प्रश्नपत्र आउट

विज्ञान बिषयको परीक्षा प्रश्नपत्र आउट भएका कारण रद्द भएको भोलिपल्टै सामाजिक विषयको प्रश्न पत्र पनि आउट भएको छ ।

 

टिभी अन्नपूर्णकर्मी अनिल पोखरेलका अनुसार शुक्रबार हुने सामाजिक विषयको प्रश्न पत्र विहिबार साँझ नै बाहिरिएको हो । शुक्रबार साँझ नै यो प्रश्नपत्र प्रदेश २ का सबैजसो जिल्लाका नीजि विद्यालयका प्रमुखहरुको हात परेको अनुमान छ । आज हुने सामाजिक विषयको यो प्रश्नपत्र टिभी अन्नपूर्णले जनकपुरबाट फेला परेको हो । परिक्षा हुनुभन्दा अघिल्लै दिन आउट भएका विज्ञान र सामाजिक विषयका प्रश्नपत्रमात्रै हात परेपनि यसपटकको एसईई परिक्षामा आजसम्मका सबै प्रश्न पत्र आउट भएको अनुमान छ ।

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्रप्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो।

 

एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ। तर समितिलाई चुनौति दिँदै प्रश्‍नपत्र बाहिरिने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।

 

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठनगरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।टिभी अन्नपूर्ण

Loading…

प्रतिक्रिया