१० वर्षभन्दा कम उमेरका ५ हजार बढी बालबालिकामा कोरोना संक्रमित

विश्व भर फैलिएको महामारी  नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार ५६५ बालबालिका संक्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकामध्ये एक हजार ९०० जना काठमाडौंका छन् । देशभरि ११ वर्षदेखि २० वर्षका १४ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ८७ देशमा गरेको अनुसन्धान अनुसार हरेक ९ संक्रमितमध्ये १ जना अर्थात् करिब ११ प्रतिशत बालबालिका छन् ।

यी तथ्यांकले देखाउँछ बालबालिका कोभिड–१९ को जोखिमबाट मुक्त छैन । युनिसेफकी कार्यकारी निर्देशक हेनेरिटा फोर बालबालिका कोरोनाबाट विरलै मात्रै संक्रमित हुन्छन् भन्ने भनाइ सत्य नभएको बताउँछिन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद दाहाल आफ्नो अस्पतालमा दीर्घरोगीदेखि लक्षण नभएको बालबालिकामा पनि संक्रमण देखिएको बताउँछन् । उनका अनुसार तुलनात्मक रुपमा १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकामा बढी संक्रमण देखिएको छ ।
अनलाइन खबरबाट

प्रतिक्रिया