हुम्लामा प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन, अन्य पार्टी परित्याग गरी २१ जना नेकपामा प्रवेश

हुम्ला टाइम्स संवादाता ।

प्रधानमन्त्री के पि शर्मा वलीद्वारा चालिएको असंवैधानिक , अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी हुम्ला ताँजाकोट गाँउपालिका प्रचण्ड – नेपाल समुहले गाँउपालिका स्तरीय बिरोध प्रदर्शनसंगै नेपाली कांग्रेस र जनता समाजबादी पार्टी परित्याग गरि नेकपा नयाँ प्रवेशि २१ जनालाई स्वागत कार्यक्रम गरेको छ ।

संसारका मजदुर एक हौँ, भन्ने नाराका साथ असंबैधानिक संसद विघटन विरुद्ध अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ नेकपा प्रचण्ड नेपाल समुहका ताँजाकोट गाउँपालिका गांउकमिटी अध्यक्ष पुर्ण प्रसाद ढकालको अध्यक्षतामा र ताँजाकोट गाँउपालिका इन्चार्ज रणसिङ परियारको प्रमुख आथित्यमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेशकमिटी सदस्य शिवराज शर्मा विशेष अतिथी सह इन्चार्ज गोपाल बुढा,हरिदत्त जैसी ,मंगल नेपाली , जिल्ला कमिटी सदस्य ताँजाकोट गाँउपालिका अध्यक्ष बाग्दल मल्ल उपाध्यक्ष मन्जु बुढा ,नरदिप थापा, मदन परियार जिल्ला कमिटी सदस्य धनलाल जैसी ,जिल्ला कमिटी सदस्य झलक ढकाल नेकपा ताँजाकोट गाउँ कमिटी सचीव अक्कबिर खड्का नेकपा वडा कमिटीका सम्पुर्ण अध्यक्ष इन्चार्जको सहभागीमा विशाल बिरोध प्रदर्शन सभा बाजागाजा ,हुड्के नाच लगाएतको कल्चर नाच सहित बाक्लो उपस्थितिमा बिरोध सभा सम्पन्न गरेको छ ।

त्यसैगरि माघ ६ गरे कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माको प्रमुख अतिथित्यमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा बृहत अगुवा कार्यकर्ता भेला गर्ने भएकोले उक्त भेलामा जिल्ला कमिटि सदस्यहरु जनवर्गीय संगठनका केन्द्रिय सदस्य जिल्लाका संयोजक र सह- संयोजकहरु गांउकमिटिका पदाधिकारीहरु वडाकमिटिका पदाधिकारीहरु प्रदेशपरिषदका सदस्यहरु निर्वाचन समन्वय कमिटीका सदस्यहरु र नेकपा सम्वद्व जिल्ला समन्वय समिती गाँउकार्यपालिका सदस्यहरु उपस्थित हुन नेकपा हुम्ला प्रचण्ड नेपाल पक्षले माघ ६ गते सदरमुकाम सिमिकोटमा जान नेकपा ताँजाकोटले आव्हान गरेको छ ।

प्रतिक्रिया