हामी महान राष्ट्रवादी : भाग (४)

अमन आचार्य / नेपालगन्ज :

अनुत्पादक फुल फुलाउनलाई
मासिक तलबमा माली राखीे
भात सङ्ग कटक्क टोक्ने खुर्सानी पनी
मित्रराष्ट्रबाटै ल्याउन पाउनुपर्छ भन्दै
राष्ट्रबादका नारा घन्काउने
हामी महान राष्ट्रबादी

कस्तो राष्ट्रवाद कस्ता राष्ट्रबादी
दिनभरी उनलाई मुर्दाबाद भन्दैगर्दा
थाकेर लखतरान भएको शरिर
उतैबाट आएको चामल सक्किएरै
घटघट पानी निल्दै निदाउनु पर्ने
भोली पल्ट बिहानै उठेर
जिन्दाबाद र मुर्दाबादको ड्युटीमा जाँदा
उतैको ऋणमा उतैबाट ल्याएका
ति साधन र ति संरचनाका
मुर्दा प्रतिमाहरुमा उभिएर
राष्ट्रबादको नारा घन्काउने
हामी महान राष्ट्रबादी

मृत:प्राय भएका ति साधन पनि
यदि बोल्न सक्थे त भन्थे होलान
हे मनुवा! बन्द गर यो स्वार्थ रुपि नाटक
मुर्दाबादका नारामा होइन
यसलाई उत्पादनमा खोज
कागजमा होइन यसलाई
लक्ष्मणपुरले बगाउने ति सपनाहरुबाट
सुस्तामा सरीरहेका ति खेतका गराहरुबाट
दिनहुँ,हप्तौ,महिनौ र बर्षौं
बगिरहेको र सरिरहेको
त्यो जमीनमा खोज
आफ्नै पैताला मुनिका ति निर्जीबको जस्तो
अँझैपनि सोच नराख्ने
हामी महान राष्ट्रबादी

Loading…

प्रतिक्रिया