हामी महान राष्ट्रबादी : ३

अमन आचार्य / नेपालगन्ज :

एघार औंलेले खै के भन्दैमा
आफ्नै संरचना माथि ताण्डब नाच्ने
उसले जे भन्यो सो भन्यो
उ र उ जस्तै प्रति मोह हुँदैनथ्यो भने
न फेसबुक थियो,न ट्विटर थियो
त्यो खबर राती नै कसरी थाहाँ भयो
दिनरात उनकै लाभको कार्य गर्ने
मनपरे शिरमा चढाउने, मनभित्रै राख्ने
मन नपरे आफ्नै घरको धुरी जलाउने
हामी महान राष्ट्रबादी

द्रेष हो कि प्रेम नै त्यो
उनका ति फिल्ममा भन्दैमा
आफ्नै देशमा जन्मिएका
बुद्धको जन्मस्थान मै शंङ्का गर्ने
अर्काको देशको नाच्ने नचैयाले
गाउने गवैयाले पनि
मनोरञ्जनको नाममा,ब्यापारको नाममा
तिनले बोल्ने झुटलाई सुनेर
मातृभूमि प्रतिको विश्वास डगमगाउने
हामी महान राष्ट्रबादी

उसको देशको असहिष्णु समाजमा
थेचिएर संघर्ष गर्दागर्दै
असहिष्णुता संङ्गै हारेर
आत्महत्या रोजेर गएको प्रति
सहानुभूति हुनु स्वाभाविक नै थियो
चाहे उ देशी होस कि बिदेशी
तर उसप्रतिका संवेदनाले भित्ता भरीदा
मध्यरातमा सुन्दर सपना देख्दै गर्दा
पर्वतको प्राकृतिक बिपत्तिमा परी
बगेका बिवष ति नौ जना प्रति
संवेदनामा खर्च गर्ने दुई शब्द नबचाउने
हामी महान राष्ट्रबादी

धर्म बिनाको आतंकबादले
सम्प्रदाय नहुने आतंकवादीले
१४ जना दाजुभाइलाई रेटेकै हुन
फेरी धर्म र संप्रदाय कै नाममा
आफ्नै संरचनालाई हवनमा हाल्दै
आफ्नै कथ्थकमा खरानी भएका
ति बस्तु र श्री सम्पती फेरी जोड्न
हजारौं बिकल्प आँखा अगाडी हुँदा पनि
त्यहिं देशको भिषा लगाउने
हामी महान राष्ट्रबादी

Loading…

प्रतिक्रिया