स्वास्थ्य विषयका प्राविधिक टिएसएलसी सरहका कार्यक्रम खारेजीको चौतर्फी विरोध

निजी प्राविधिक शिक्षालय महासंघले विकल्प विना नै सीटीईभीटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एस एल सी (सी) सरहका कार्यक्रम सरकारले खारेजी गर्न लागेकोप्रति चौतर्फी विरोध भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एस एल सी सरहका कार्यक्रम खारेज हुँदा देशभरका एक सय ३७ संस्था र दुई सय ३८ वटा कार्यक्रम बन्द हुने र तिनमा आबद्ध १० हजार भन्दा बढी व्यक्ति   बेरोजगार बन्नुपर्ने अवस्था आउने महासंघले जनाएको छ ।

महासंघले शनिबार विज्ञप्ती निकाली एकातर्फ सरकारले नेपालमा ७० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्ने निर्णय गर्नु, अर्कोतर्फ प्राविधिक क्षेत्रका टिएसएलसी तहको अध्यायापनलाई खारेज गर्ने निर्णय गर्नु आफैंमा विरोधाभाषपूर्ण रहेको बताएको छ ।

निजी प्राविधिक शिक्षालय महाघंका केन्द्रीय अध्यक्ष वसन्तराज खनालले नेपालको वर्तमान परिस्थस्थिमा १८ महिनाको कोर्ष पूरा गरेका अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका जनशक्तिको आवश्यकता रहेको अवस्थामा एकाएक कार्यक्रम खारेज गरिनु दुर्भाग्यपूर्ण रहेको बताए ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरि TSLC/SEE स्तरका १८ महिने स्वास्थ्य तालिम कार्यक्रम संचालन गर्ने शैक्षिक संस्थाको साझा संगठन निजि प्राविधिक शिक्षालय महासंघ नेपालले भने हठात र षड्यन्त्रपुर्वक २५ वर्षदेखि देशको शैक्षिक उन्नयनमा योगदान गर्दै आएका सरोकारवाला निकायसंग कुनै सरसल्लाह नगरी, विकल्प र भावी योजना नदिई आकस्मिक तवरले निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।


Loading…

प्रतिक्रिया