स्थापना दिवसमा संघद्धारा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भोलि पूर्व अध्यक्षलाई सम्मान गर्दै

नेपालगन्ज:  आपनो  ५३ औं स्थापना दिवसको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार बृहद रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ । संघद्धारा पहिलो पटक आयोजना भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको छ ।

संघका  अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरेको कार्यक्रममा संघका पदाधिकारी, उद्योगी व्यवसायीहरुले रक्तदान गरेका थिए । रगत अभावमा कसैलाई समस्या नहोस् भन्ने उद्देश्यले निजीक्षेत्रसंग सहकार्य गरेको कार्यक्रमको संयोजन गरेका संघका महासचिव चिरञ्जीवी ओलीले बताए । रक्तदान गर्ने सबैलार्इ संघले धन्यवाद दिएको छ ।

५३ औं स्थापना दिवशको अवसरमा संघले भोलि शुक्रवार पूर्व अध्यक्ष एवं संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महासचिव अोलीले बताउनुभयो । उहाँहरुले संघ एवं व्यवसायिक हकहितका मुद्दामा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्व अध्यक्षलाई सम्मान गर्न लागिएको हो । संघले बिहिवार मात्र नेपालगन्जमा साईकल रेस प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया