स्टार सिटी स्पोर्ट्स युवा क्लब उपाधि उचाल्दै एन्फा लिगमा शीर्ष स्थान र धम्बोझी क्लब लुम्बिनी प्रदेश दोस्रो स्थानको उपाधि पाउन सफल।

बिक्रम सिंह
नेपालगन्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट २०७७ लिग खेलमा। धम्बोझि स्पोर्ट्स क्लबको लुम्बिनी प्रदेशको तर्फबाट गैरब बुढाथोकी उत्कृष्ट खेल प्रदर्सन बापत उनि म्यान अफ दा म्याच घोषित भए। कर्णाली प्रदेश फूटबल संघका उप अध्यक्ष भरत बहादुर खत्रीले म्यान अफ दा म्याद लाइ नगद ५हजार रुपैयाले सम्मान्न गरेका थिए ।

खेल सुरु लगतै धम्बोझि क्लब लुम्बिनी प्रदेशका खेलाडीहरुले
लेकाली युवा स्पोर्ट्स क्लबका खेलाडीहरुलाइ खेलमा दबाब रख्दै ।३-१ गोलको विरुद्ध धम्बोझी क्लब लुम्बिनी प्रदेश बिजय भएको थियो ।

एन्फा लिग खेल तालिका अनुसार धम्बोझि क्लब लुम्बिनी प्रदेशले ६ खेलमा ४जित संगै २ खेलमा हारको सामान गर्नु
परेको थियो ।भने १२ अंक जोडदै लिग खेलको दोस्रो स्थान
हाथ पार्न सफल भयो। उच्च कदर पत्र सहित ५लाख रु पुरस्कर राशी समेत पाएर ,लुम्बिनी प्रदेशको नाम समेत रोशन
गरेक छन।
धम्बोझि क्लबका खेलाडी,प्रशिक्षक,टिम व्यवस्थाप, पुर्ब धम्बोझि क्लबका अध्यक्ष हाल ,१न.वडा अध्यक्ष प्रमोद रिजालको सक्रियताले धम्बोझि क्लबले मान सम्मान जनक लिगमा दोस्रो स्थान आउन सफल भएको छ ।

अर्को तिरा स्टार सिटी युवा क्लब कैलालीले अफ्नो ६खेलमा ५जित १ द्र भएको थियो ।भने १६अंक लिएर शीर्ष स्थानमा आफ्नो नाम राख्दै स्टार सिटी स्पोर्ट्स क्लब कैलालीलाइ सम्मान प्रमाण पत्र सहित १० लाख रुपैयाले सम्मानित भएको थियो ।

एस लिग प्रतियोगिताको शीर्ष स्थानमा रह्ने ४वाट टिमहरुले
राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । एसै गरि लिग खेलको तालिका अन्तरगत स्टार सिटी स्पोर्ट्स क्लब ,धम्बोझि क्लब
त्रिबेणि युवा क्लब र मनकामना युवा क्लब हरु शीर्ष ४ स्थानमा रह्ना सफल भएका छन भने अब राष्ट्रिय लिगमा खेलमा खेल्न मैाक पएका छन ।
धम्बोझि क्लबका उप अध्यक्ष तथा क्लबका प्रशिक्षक भद्रे सिंह थापाले जानकारी गराएका थिए ।

प्रतिक्रिया