सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण

चितवन – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति श्री बिदुर के.सी. को विशेष पहलमा जिल्ला शाखा चितवनद्वारा भरतपुर-१५ स्थित सुस्त: मनस्थिति भएका बालबालिकाहरुलाई शैक्षिक, खेलकुद, पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

श्री सुस्त मनस्थिति बिद्यालयमा आवाशिय र डेकेयरमा रहेका गरी २९ जना सुस्त: मनस्थिति भएका बालबालिकाहरुलाई सुस्त:मनस्थिति कल्याण बिद्यालयका केन्द्रिय अध्यक्ष श्री मुक्ति अधिकारीको अध्यक्षतामा वडा न.१५ का वडाध्यक्ष श्री शम्भूबहादुर भण्डारीको प्रमुख आतिथ्यता र ने.रे.सो. जिल्ला शाखाका उपसभापति श्री बिदुर के.सी.को विशिष्ट आतिथ्यतामा, मन्त्री श्री हरिप्रसाद पौडेल, कोषाध्यक्ष श्री बिजयराज खनाल, मनोसामाजिक कार्यक्रम अधिकृत श्री प्रदिप सुबेदी र, ने.रे.सो. महेन्द्रचोक उपशाखाका उपसभापति श्री शंकर सिलवाल, सचीव श्री जीवन के.सी., पूर्व सचीव एवम अर्थगणेश साकोसका अध्यक्ष किशोर गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीय समाजसेवीहरुको उपस्तिथिमा सुस्त:मनस्थिति भएका बालबालिकाहरुको शारीरिक र मानसिक वृद्धि र बिकासका साथै बालमनोबिकासमा टेवा पुग्ने किसिमका शैक्षिक, खेलकुद र स्वास्थ्य सम्बन्धि सामाग्री र पौष्टिक आहार सहितको झोला प्रदान गरियो सो कार्यक्रममा बिद्यार्थीहरुका अभिभावक, स्थानीय समाजसेवी र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालनको क्रममा बिद्यालयका प्र.अ. श्री पूर्णकान्त कोईरालाले बिद्यालयको आफ्नो कुनै स्थायी र भरपर्दो आम्दानीको श्रोत नभएको र यस्तै सामाजिक संघ संस्था, स्वेच्छिक चन्दादाता, सरकारी गैरसरकारी निकाय र समाजसेवीहरुबाट प्राप्त सहयोगबाट संचालन गरीरहेको भन्दै सबैबाट निरन्तर सहयोगको अपेक्षा गरेको जानकारी गराउनुभएको थियो भने मन्तब्यको क्रममा सबैबाट आगामी दिनहरुमा पनि यसप्रकारका आर्थिक र भौतिक सहयोगहरु लाई निरन्तरता दिदैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रम सामाजिक दुरी यथा सम्भव कायम गरि, सुरक्षा र सावधानीका उपायहरु अवलम्बनका साथ छोटो समयमा सम्पन्न गरिएको थियो।

प्रतिक्रिया