सुनको मुल्य घट्ने क्रम जारी

सुनको मूल्य मुल्य घट्ने क्रम  शुक्रबार पनि जारी छ । अघिल्लो  दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि सुनको छापावाल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँमा कारोबार भएको  थियो ।

यस्तै गरि  चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारका लागि ११ सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको  छ ।

कोभिड १९ महामारीको  खोपको प्रभावकारिता बढेका समाचारहरुसँगै अन्तर्राष्ट्रिय बजारमा बढेको आत्मबलले सुनको मूल्य पछिल्लो एक महिनादेखि ओरालो ट्रेण्डमा रहेको  छ ।

सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने गोल्ड प्राईसकाअनुसार पछिल्लो ३० दिनमा सुनको अन्तराष्ट्रिय मूल्य प्रतिऔंश ५६.९० डलरले घटेको जनाएको  छ ।

प्रतिक्रिया