सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको २० मिनेटमा नै ५ जना दाताले रक्तदान गरे


नेपालगन्ज : सामाजिक सञ्जाल फेसबुकको यदि सही सदुपयोग गर्न जान्ने हो भने यसले कसैको ज्यान बचाउन समेत सहयोग गर्ने गरेको छ ।

बर्दिया राजापुर ६ घर भएका गोपाल प्रसाद रेग्मी बिरामी भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको क्याबिन नं १७ मा भर्ना हुनु भएको छ । उहाँको सेभेरर एनेमिया भएकोले  शरीरमा ४-४ मात्र रगत भएको हुदा बरिस्ठ चिकित्सक  डा- आसिम किदुवाइका अनुसार उहाँलाई ६ प्वाइन्ट जति बि पोजेटिभ रगत तत्काल आवश्यक परेको थियोे । बिरामीको आफन्तको अनुरोध अनुसार सामाजिक सञ्जाल फेसबुकमा ब्लड चाहिएको सूचना पोष्ट गरेको २० मिनेटमै दाताहरूको फोन आएको थियोे ।

नेपालगन्जका समाजसेवी तथा जिफन्टका नेता दिपेश आचार्यले आफ्नो जन्मदिनको दिन रक्तदान गर्नुभएको छ त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कार्यरत तथा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष मुनिर खान, त्यसैगरी युवाहरु भरत चन्द, शैलेस सिंह, सङ्घर्ष आचार्य लगायतले बिरामीको आफन्तसंग सम्पर्क गरि रक्त सञ्चार केन्द्रमा गएर रक्तदान गर्नुभएको थियोे ।

प्रतिक्रिया