सामाजिक संजालको राजनीति प्रयोग प्रहार भिन्न बन्दै- अध्यक्ष ढकाल

जयपती ढकाल – राजनीति समाजका लागि हुनुपर्दछ । जनताको परिवर्तनका लागि हुनुपर्दछ राष्ट्रको आमूल परिवर्तन र विकासका लागि हुनुपर्दछ । समग्र सामाजिक क्षेत्रको उन्नति, प्रगति, परिवर्तन र विकासका लागि समर्पित रहेको हुनुपर्दछ के भन्छ्न नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्लाकमिटी सदस्य स्कुल बिभाग उप प्रमुख ताँजाकोट गाँउपालिका नेकपा गाउँ कमिटी अध्यक्ष पुर्ण प्रसाद ढकाल ।
प्रधानमन्त्री सम्माननिय के पि शर्मा वलि गरेको असंवैधानिक अलोकतान्त्रिक कदमलाइ सर्वोच्च अदालतको सहि निर्णय पश्चाल यो भन्छन नेकपाका एक बफादार कार्यकर्ता ढकाल ।

समाज विकासका लागि हुनुपर्ने राजनीति सामाजिक क्षेत्रमा अखडाको तारो बन्ने गरेको छ । राजनीतिक सम्पर्क वा लिंक, सम्बन्ध र सत्ताको ध्वाँसो बलले सामाजिक व्यवस्था र अवस्थालाई धक्का दिइराखेको छ । समाज र राष्ट्रलाई यो समयमा स्पष्ट गति दिने भनेको कुशल राजनीतिले हो ।

तर, समाजलाई गतिशील बनाउन र फड्को मार्ने नाममा समाजमा भएका सबै सामाजिक क्षेत्रमा राजनीति हाबी हुनाले समाजको गति कतातर्फ मोडिएको छ ?

हाम्रो परिवर्तनशील र विकास भएको सोचले एकपटक चिन्तन गरौँ । समाज विकासको वेगलाई तीव्ररुपमा बढाउन हाम्रो राजनीतिक चिन्तनलाई समाजप्रति झुकाव र जिम्मेवारीतर्फ अघि बढाउनुपर्दछ ।

समाज र राज्यमा चलिरहेको योग्यता, अनुभव र राजनीतिक खिचातानीको प्रभावीय रंगमञ्चले सम्माननीय प्रधानमन्त्रीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल होला ? दक्ष युवाको ज्ञान र शिक्षा समाज तथा राष्ट्रका लागि उपयोग नहुनु, अवसरको खोजीमा भौँतारिनु र बाध्यताले पलायन हुने अवस्था सिर्जना हुनुले प्रधानमन्त्रीको उद्देश्यले गति समात्न सक्ला जस्ता प्रश्नहरुको पुर्णविराम चिन्न लगाएका छ अध्यक्ष ढकालले ।

समाजमा भएको यस्तो विभेदकारी राजनीतिक अवस्थाले कसरी पूरा गर्न सकिएला राष्ट्रिय आवश्यकता र उद्देश्य सामाजिक गतिविधिलाई कुशल बनाइराख्न भ्रष्ट राजनीतिक अवस्थालाई समाजमा रंगीन बनाउन दिइनुहुँदैन । अनावश्यकका टीकाटिप्पणी, आलोचना, विवाद, बहस हाम्रा प्रमुख समस्या हुन् ।

यसलाई कम गरी नागरिकलाई परिवर्तन, शान्ति, रोजगारी र विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । कुनै पनि योजना र काम गरेर जनतामा देखाएपछि बहस र सवाल–जवाफ गर्नु राम्रो हुन्छ, तर हाम्रो संस्कार र छवि यस्तै विकास भई आएकोले हामी ठीक यसको उल्टो दिशामा छौँ ।

यसैले, हामीकहाँ कामभन्दा कार्यक्रम र बहस धेरै मात्रामा हुने गर्दछ । समाजमा सत्यताको खोजी कुशल अनुसन्धानबाट पूरा हुन्छ, तर सोही अनुसन्धान र सत्यता समस्याको पहाड खडा गर्नका लागि हुनुहुँदैन ।

यदि समाजमा यस्ता गैरजिम्मेवार घटना बढाउने काम हुन्छन् भने समाजमा समस्या घट्ने होइन बढ्ने निश्चित छ । सामाजिक दूरी र विचलनको नकारात्मक प्रभाव समाजको कुनाकुनामा प्रवाहित हुनेछ यसको प्रकाष्ट गर्न हुम्ला पनि तयार भइ रहेको छ ।

ओडारबाट दक्षशीललाई झिक्नुको कुनै विकल्प छैन् । यस्तो हुन नसक्दा सामाजिक प्रवद्वन प्रक्रिया र कार्यान्वयनमा अन्योलता सिर्जना भएर आएको देखिन्छ ।

भ्रष्टाचारले शासनपद्धतिलाई नराम्रोसँग थर्काएको छ । सुशासनलाई गिज्याएको छ । अवस्थालाई खस्काएको छ । बेथिति र दुरवस्थाको जरालाई बलियो बनाएको छ । सामाजिक समस्याले समाज तपतपी आँसु चुहाइरहेको छ जुन संघर्षले मलाइ राजनीतिमा खुट्टा टेक्ने र टेकाउने योगदानको मुल्यवान चुनौती दिएको छ ।

समाज र राष्ट्र जुन रफ्तारमा जानुपर्ने थियो त्यो वेगमा जान नसकेको देखिन्छ । केन्द्रीय राजनीतिको सोझो प्रभाव सामाजिक क्षेत्रमा देखिन्छ । स्थानीय, प्रदेश र संघीयताको अन्योलले सामाजिक समस्यालाई अझै मुक्त पार्न सकेका छैनन् । अर्थात्, केन्द्रीय सत्ताबाट सबै तह अझै मुक्त हुन नसकेको हो कि भन्ने आभास जनमानसको अवस्थाबाट स्पष्ट देखिन्छ ।

सामाजिक समस्यालाई रोक्ने जिम्मेवार निकाय र समाजमा मै हुँ भन्नेको मुखमा माड लागेको छ । हातमा दही जमाएका छन् र आफ्नो कर्तव्य र मर्यादालाई बिर्सिएका छन् । सामाजिक समस्या तीव्ररुपमा सिर्जना गर्ने दूतहरु झनै च्याम्पियन भई समस्या बढाउन हाबी भएर लागेका छन् ।

यस्तो अवस्थामा समाजको गतिलाई अघि बढाउन राजनीतिक कारणले जन्मिएका विकृतिले सामाजिक विकासको गतिमा टेवा दिन सक्ला ? समाजमा भएका सामाजिक समस्या न्यूनीकरण गर्नमा जनतामा निर्णायक भूमिका निभाउने व्यवस्था भएको छ यहाँ । जनसमर्थन नहुँदानहुँदै सत्ताको बलले आफ्ना हस्ती हुन् भनी सामाजिकरुपमा दाग लागेकालाई पोस्नु लोकका लागि लज्जाको कुरा हो ।

हामी राजनीतिक बलमा समाजमा भएका गलत कामलाई रोक्न सक्दैनौँ । सामाजिक क्षेत्रमा जरा गाडी बसेका समस्यालाई उखेलेर फाल्न सक्दैनौँ । विकृति र विसंगतिलाई रोकथामसम्मको काम गर्न सक्दैनौँ ।

समस्या निराकरण गर्नु परको कुरा राजनीतिक हाँगाबिँगा हालेर सामाजिक व्यवस्थालाई अस्तव्यस्त बनाइएको छ । समाज विकासको क्षेत्रमा काम गर्ने सामाजिक संस्थानमा पनि राजनीतिक भागबन्डाको खोजीले समाजको गतिलाई अवरूद्ध पारिएको छ ।

राष्ट्रियस्तरमै पनि कुनै एक समस्यालाई हल गर्न वर्षौं कुर्नुपर्ने बाध्यता छ । यसको गलत प्रभाव सामाजिक क्षेत्र र स्थानीयस्तरमा बढी मात्रामा परेको छ जनताले आज पनि उस्तै समस्या झेलिरहेका छन्, जुन हिजोका दिनमा झेलेका थिए ,फगत हतारो व्यर्थ काम भनेझैँ बढ्दो सामाजिक समस्या युद्धका बाछिटामात्रै हुन् ।

उही जग र आधारलाई समाएर भिन्नरुपले जवाफ दिनमात्रै खोजिएको हो । प्रतिकारका तरिका तीनै युद्धका घाउले सिर्जना गरेका हुन् । सामाजिक क्षेत्रमा समस्याका डोब सिर्जना गरी आज र अहिले पनि समाजलाई कुनै न कुनै रुपबाट विक्षिप्त बनाइएको छ ।

ठगहरुले आगो लगाउन र सामाजिक विकासलाई कुम्ल्याउन माध्यममात्रै परिवर्तन गरेका हुन्, समस्या सुधार र परिवर्तनका लागि होइन । परिवर्तित समाजको गतिलाई जोड दिनुभन्दा राजनीतिक गतिविधिमा मात्रै रमाएर बस्नु हाम्रो परम्परा बनिसकेको छ ।

यसको प्रभावले नयाँ सन्ततिमा पनि कालो बादल मढारिएको संस्कार विकास भएर आइरहेको छ । यसले समाज परिवर्तन र विकासमा कालो आँधी ल्याएकोतर्फ हामीले ध्यान दिन सकेका छैनौँ । यस्ता कार्यले समाजमा आजका दिनमा सबै सामाजिक क्षेत्रमा राजनीतिक छायाले आक्रान्त बनाएको छ ।

समाजमा योग्यता र क्षमता भएकालाई लत्याएर आफ्नै नाता सम्बन्ध र आसेपासेलाई नियुक्ति दिलाइन्छ । गर्जने, बर्सने र भनसुनका पूजाका थाली सामुन्नेमा टक्र्याइन्छ ।

कसैको छाया बन्नका लागि होडबाजीको सिर्जना गरिन्छ । समाजका सदस्यहरुलाई सम्झाउने र समस्याहरुबाट मुक्त गर्नुपर्छ भन्ने राम्रो भावना र नियत नै विकास हुन सकेन । सामाजिक समस्या अलपत्र पारी आफ्नो आत्मरक्षाका लागिमात्रै अभ्यास गर्नाले समस्या र सामाजिक जनजीवन झन् कष्टकर बनिरहँदा हेर्ने दृष्टि यतातर्फ झुकाव हुन सकेन ।

सामाजिक सम्झौता र मर्यादाविपरीतका क्रियाकलाप र गतिविधिहरु भइरहँदा छिटो एक्सन लिन नसक्दा समस्याहरुले झन् व्याजको भार समाजलाई थपेका छन् । सामाजिक व्यवस्थालाई समस्याले ठाडो चुनौती दिँदा पनि हामी शासनलाई समाजप्रति जिम्मेवार बनाउन सकेका छैनौँ ।

हरेक समस्याले हाम्रो क्षमता र सक्षमतालाई गिज्याइरहेका छन्, हामी लाचार बनेर हेरिमात्रै रहेका छौँ । परिणाम र लक्ष्य शून्यतामा रमाएको छ । सामाजिक समस्यामा उतारचढाव आइरहन्छन्, छिटोछिटो सुल्झाउँदै अघि बढ्नुपर्दछ । किनकि समस्या कहिल्यै सकिँदैनन्, नयाँले हरेक क्षण जन्म लिइरहेका हुन्छन् । हामीले एउटै समस्यामा लामो समय बिताएर पार कसरी लाग्ने ?

समृद्ध नेपालका लागि कूटनीतिक तवरमा एकताबद्ध भएर छलफल गर्नु अपरिहार्य छ । तर, हामी आफैँ राजनीतिक समझदारीमा एकताबद्ध भई रहन नसकेको र धेरै सैद्धान्तिक धारणा र मतभेद सिर्जना भएकोले समाजमा विभिन्न विकृतिहरु देखिएका छन् ।

हाम्रो पहिचान दलसँग जोडिएको छ, देशको पहिचान र धरोहरसँग जोडिन सकेको छैन । आपसी मतभेद, असहयोग र अनावश्यक सवाल–जवाफ पहिचानका विशेषता बन्न पुगेका छन् । संयन्त्रहरु झन् फितला बनिरहेका छन् ।

कहीँ कसैसँग सहयोग र समन्वय देखिन सकेको छैन । देशका लागि सिद्ध भएर लाग्न कोही सकिरहेको देख्न सकिँदैन । दिव्य एकता, सम्मान र लगाव देखिन सकेन । कमजोर राजनीतिक गतिको प्रभावस्वरुप सामाजिक क्षेत्रले लयलाई प्रत्यक्षरुपमा छोडिरहेको छैन ।

देशका लागि संघर्षशील धरोहर भएर शिरलाई उचाइमा राख्ने अभ्यासमा लाग्न सकेनौँ । देशको स्वार्थमा जनता जोडिन सकेनन् । फराकिलो ठाउँ रहन पुग्यो । यसको समाधानका लागि पहल कसले गर्ने ? राजनीति र दलको प्रभावले गर्दा हरेक सामाजिक क्षेत्रमा राष्ट्रिय कार्यको गति सुस्त हुन पुगेको छ ।

विभिन्न खराब गतिविधि र क्रियाकलापहरुले गर्दा हामी, हाम्रा सामाजिक क्षेत्र र राष्ट्रलाई स्वस्थ राख्न सकिरहेका छैनौँ । हामी कस्तो वेगमा समाज र राष्ट्रको गतिलाई अगाडि बढाइरहेका छौँ ?

सबैले समाज र राष्ट्रलाई पहिला सोच्ने र पुनर्विचार गर्ने गरौँ । किनकि, नयाँ नेतृत्व शक्तिमा पनि यस्तै संस्कारको विकास भएर आइरहेको छ । सामाजिक क्षेत्र र दलीय सम्बन्धमा चिसो पसेपछि समस्या सुल्झाउन मार्ग कसरी खुल्न सक्छ ?

कसरी भयो यसको स्पष्टीकरण कोसँग माग्ने ? सबैको सोच उस्तै देखिएपछि समस्या समाधान, राजनीति र समाजको गति सार्थक मार्गको यात्रामा हिँड्न सक्ला ?

समय र परिस्थिति ढिलै भए पनि हामी एकदिन देशका लागि एकताबद्ध भई जुटेका हुनेछौँ । एकजुट भएर देशलाई उन्नत र समृद्ध बनाउन सकेका हुनेछौँ । यसकारण हामीमा एकता, भाइचारा, सहिष्णुता र भ्रातृत्वको भावना रहेको हुनुपर्दछ ।

हामी राम्रो संस्कारको मार्गमा हिँडौँ, अनि सन्तति, नयाँ नेतृत्व शक्ति र समाजमा राम्रो प्रभाव पर्दछ । अभिभावकहरु नै खराब र गलत बाटोमा हिँडेर बाटो बिराएपछि नयाँ शक्तिले पनि त्यस्तै अनुसरण गर्न पुग्दछ । हामी सबैले विश्वास लिऔँ, अब समाजमा राजनीतिक कार्यकुशलताले एउटा सभ्य समाजको सिर्जना हुनेछ नेपाल कम्युनिष्ट पार्टी हुम्ला ताँजाकोट गाँउपालिका गाँउकमिटी अध्यक्ष पुर्ण प्रसाद ढकाल सबैका लोकप्रीय नेता बन्न सफल भएका छ्न अझै सफलताको शुभकामना ।

प्रतिक्रिया