सात वर्ष कटेको पत्तै भएन!

मलाई मायामा विश्वास थिएन,
विश्वासमा विश्वास थिएन।।
आफैमा विश्वास थिएन,
मायाले जोडिएको सम्बन्धमा विश्वास थिएन।।

त्यो दिन त्यो छण त्यो पल अझपनि याद छ मलाई,
२०६८फागुन १गते प्रेम दिवसको अघिल्लो दिन,
हजुरले अचानक विवाहको लागि प्रस्ताव राखेको।
त्यो पहिलो रातो गुलावको फुल
अनि त्यो पहिलो मायाको औंठी।

मलाई मायामा विश्वास दिलाएको मा धन्यवाद,
मलाई विश्वासमा विश्वास दिलाएकोमा धन्यवाद,
मलाई आफैंमा विश्वास जगाएकोमा पनि धन्यवाद ।।

मायाको हरेक रुप दिएको मा आभारी छु,
जोडिएका सम्वन्धमा आस्था जगाएकोमा आभारी छु।
हजुरले दिएका हरेक खुसी र साथको लागि आभारी छु,
हजुरले दिएका हरेक विश्वासको लागि आभारी छु।।

त्यो दिन २०७० असोज २३ गते बुधबार मेरो जिवनको नया मोड,……………..
हरेक पल, हरेक छण, हरेक दिन हजुर प्रतिको माया
बढ्दो छ, हजुर प्रतिको विश्वास बढ्दो छ, मायामा विश्वास बढ्दो छ, बितेका ७ बर्ष मात्र होइन आउदा ७ जुनि सम्म मा हजुरको साथ चाहन्छु,

मलाई  जस्तो साथ , इज्जत , विश्वास र माया दिने साथि सबै नारीको होस् भन्ने कामना गर्दछु।

हाम्रो जोडीलाई जोड्ने” लमि”
स्वर्गीय सुरज सिंह परियारलाई कोटि कोटि धन्यवाद दिन चाहन्छु।
हाम्रो जोडीलाई सधैं आशिर्वाद दिन ईश्वरलाई कामना गर्न चाहन्छु ।

प्रतिक्रिया