सरकारले कोरोना ब्यवस्थापन होईन, लुटतन्त्र मच्चाइरहेको छ ।

लामो समयदेखि बिश्वब्यापी रूपमा कोरोनाको लहर चलिरहेको छ । तर नेपालमा भने कोरोनालाई मुख्य आधार बनाएर लुटतन्त्र मच्चाउदै  सरकारल आइरहेको छ ।

यो असाध्यै घृणित काम हो । साच्चिकै कोरोनालाई ब्यवस्थापन गर्न सरकार लागिपरेकै हो भने किन प्रत्येक नागरिकलाई PCR परीक्षणको अवधारणा ल्याउदैन । संगै बसेको परिवारका सदस्यलाई कोरोना परीक्षण हुदैन तर सोही परिवारको एकजना कर्मचारी क्वारेन्टाइन वा आइसोलेसनमा हुन्छ । अब यसलाई सरासर लुटतन्त्र नभनेर के भन्ने ? नेपालमा अहिले कोरोना सङ्क्रमणको संख्या १००,००० लाख बढी पुग्यो । मृत्यु पनि  ६०० जना नाघिसकेको छ  ।

नेपालमा कोरोनाका कारण भन्दा आत्महत्या गरेर मृत्यु हुने बढ्ता छ । लकडाउनको अवधारणा केटाकेटी पारामा गर्दै छ सरकार । यो रोगलाई महामारी नै भन्नुपर्ने अवस्था पनि म देख्दिन । तर भोकाएका कम्युनिस्ट सरकारका लागि भने अकुत सम्पत्ति कमाउने भाडो भएको छ । अझ त यो सरकार कम्युनिस्ट सरकार भन्दा पनि दलाल र बलात्कारी सरकार भन्दा फरक नपर्ला किनभने यहाँ कम्युनिस्टले भन्दा माफियाका मतियार माणवारी,गोल्छा र दरवारियाले शासन र सत्ता चलाइरहेका छन् । तसर्थ बिलकुल यो सरकार कम्युनिस्ट सरकार हो भन्न सक्ने खालको छैन ।

प्रतिक्रिया