सम्झिनुपर्ने बिरासत र सामना कलाकार संगको भेट

…….✍️
पूर्णसिंह बम अनुराग

अहिले सम्झिदा नेपाली इतिहासलाई हल्लाउने र तत्कालीन  माओवादी जनयुद्धको थालनी भएको झण्डै २५ वर्ष पूरा हुन लागेको छ । यहीँ जनयुद्धको सिलसिलामा अध्यारो रातलाई उज्यालो बनाउन जुन बनेका , संगिनका गोलीले छेद-विच्छेद चोटलाई सहजै उर्जामा परिणत गर्न धुन बनेका  , गरिव,दुखी, असहायलाई मल्हम लगाउन औसधि बनेका, कयौं झुपडीका लालबस्तीमा संगित बनेका, हजारौं हजार जनताको माझमा गीत बनेका, युद्ध मैदानमा गर्विलो इतिहासको जित बनेका, जनयुद्धलाई सफलपार्न सिपाही बनेका, हरेक पल-पलमा मिठास दिइरहने सारंगीको धुन बनेका, अथक योद्धाहरु (सामना परिवार) संग पुन: भेटहुने अवसर जुर्यो । २०५२ सालदेखि जतिपनि सफल युद्ध आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भयो यो सम्पुर्ण उपलब्धिको महत्त्वपूर्ण हिस्सा हो सामना परिवार । अझै धेरै गुमाए ।  रगत र पसिना बगाए तर उपलब्ध शन्य छ,  यि जनयुद्धमा लागेका कलाकारहरुको ।  गीत, संगीत र सारंगीका डोरि रेटिएझैँ दसकौँ दसक रेटिए तर नेतृत्वले सहि पहिचानको बाटो नबनाइदिदा हजारौं-हजार अलपत्र परे तर बाँकी जो अवशेष छन् त्यसलाई थोरै भएपनि महत्त्व दिएए संरक्षण गरेको पाइदैन । यसलाई पुनस्थापना गर्नुपर्छ भन्ने त छैन तर पहिचान दिलाउनुपर्छ भन्ने हाम्रो माग हो । जसले यत्रो युद्ध गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने साहस गरे तिनै योद्धा र वर्गीय मित्रलाई छोडेर, लत्यायर कहाँसम्मको यात्रा गर्न सकिन्छ र प्रिय कमरेडहरु  ? धेरैको घर फेरियो, हाउभाउ फेरियो, जिवनस्तर फेरियो तर युद्धमा संधै गित-संगीतको छहारी बन्ने कलाकार किन फेरिएन ? के यो राज्यब्यवस्थामा रहेका पुर्व-सहकर्मीले बुझ्नु पर्ने होइन र? भन्ने प्रश्न हो हाम्रो ।

बुझ्दा:-
जतिपनि परिवर्तन र आन्दोलन भए त्यसको खासै उपलब्धि भने आम जनता र कार्यकर्ताले पाएनन् । त्यसैको परिणाम अहिले यी कलाकारले मात्र होइन देसले भोग्दैछ । परिवर्तन धेरै भयो तर सामुहिक नेपाली जनताको भन्दा पनि ब्यक्तिगत परिवर्तन भने पक्कै भयो । यत्रो शसस्त्र जनयुद्ध र जनाआन्दोलन नेतृत्व भयो ।  यो सन्दर्भमा त्यसलाई हेर्ने, बुझ्ने फरक–फरक दृष्टिकोण भए । जनयुद्ध कालदेखि शान्ति प्रक्रिया सम्म आइपुग्दा कयौँ सहयोद्दाहरुले जिवनको आहुती दिए । त्यो आहुती बिसुद्द नेपाली जनता र देसको लागी थियो । उहिले नै उदार पुँजीवादी कित्ताले त्यसलाई आतंकवाद भन्थ्यो र अब झनै पुनः भन्नेछ । संसदीय वामपन्थले ‘उग्र–वामपन्थ’ भन्थ्यो, त्यसै भन्नेछ । राजावादीले ‘विदेशी डिजाइन’ भन्थे, त्यसै भनिरहनेछन् । यहि सबैभन्दा दुखको कुरा हो । अझ त त्यसलाई नदेखेको र नभोगेको नयाँ पुस्ता अलमलमा छ । त्यसमा सहभागी, तर अहिले पुरानै शक्तिसँग सत्ता साझेदारी गरिरहेको एउटा तप्का तैँ चुप मै चुप छ र बिवादमै समय खेर फालिरहेका छन् । वास्तवमा त्यो जनयुद्ध के थियो ?  त्यसका उपलब्धि र कमजोरी के थिए ? त्यो ऐतिहासिक प्रक्रियाको फुजन केहो ? यसको समिक्षा अब कसले गर्ला र ?  त्यसैले नै यी सम्पुर्ण प्रश्नको समिक्षा जनताले गर्लान् तर त्यो समिक्षा केबल भट्टि पसलको रमाइलो थप्नलाई मात्र हुनेछ ।

अन्त्यमा-
यी तस्बिरमा कसैको नाम लिन उच्चारण गर्न चाहिन किनभने धेरै बुझकार आदरणीय ब्याक्तित्व हुनुहुन्छ । म अलि पछिल्लो पुस्ताको ठिटो भएको हुनाले कसैको पदत्व थाहा नहुन सक्छ । त्यसैले सबैलाई मेरो अन्तरहृदयदेखी सम्मान छ । यो भेटघाटलाई अझ सहजीकरण गर्ने सबै महानुभाव र सौहार्दपुर्ण सम्मान गर्ने कालिकोट जिल्ला  पलाँता गाउँपालिका अध्यक्ष श्री लक्ष्मण बहादुर बम (पलाँती कान्छा) र उहाँको सम्पुर्ण परिवारलाई हार्दिक आभार सहित धन्यवाद ।

प्रतिक्रिया