समाजसेवी शाहीद्वारा नेपालगन्ज फुड बैंकलाई खाद्यान्न सहयोग

नेपालगन्ज : नेपालगन्जमा गैह्र सरकारी महासंघ बाँके र बासले सुरुवात गरेको फुड बैंकलाई दैलेख घर भइ हाल नेपालगन्ज बस्दै आउनु भएका कमल शाहीले खाद्यान्न सहयोग गरेका छन् ।

शाही सन नेपाल लाइफ इन्स्योरेन्स बाँकेमा प्रवन्ध पदमा कार्यरत रहेका छन् ।   उनले कहिले गरिब, असहाय, दुखीहरुलाई बेलाबेलामा आर्थिक सहयोग गरेर, खाना खुवाएर  आइरहेका छन् ।

बासका  जनसम्पर्क बिभाग प्रमुख रहेका  शाहीले आज फुड बैकलाई २५ किलो चामल, १ लिटर तेल, १ प्याकेट नुन र ३ किलो सहयोग गरेको गैह्र सरकारी महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।

उक्त खाद्यान्न वितरणमा शाहीको धर्मपत्नी लुना बुढाथोकी, समाजसेवी दिला शाह, बासका पूर्व अध्यक्ष मन भण्डारीको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया