समाजवादी पार्टी त्यागी राष्ट्रिय प्रजातान्त्र पार्टीमा ५ दर्जन कार्यकर्ता प्रवेश ।

नेपालगन्ज -राष्ट्रिय प्रजातान्त्र पार्टी बाँकेको आयोजनामा एक कार्यक्रम समारोह नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७मा समाजवादी पार्टी ०७४को चुनावमा पराजित वडा अध्यक्ष सहित ५ दर्जन कार्यकर्ता प्रवेश गरेका छन ।

नेपालगन्ज बाँकेमा दिन प्रती दिन युवाले सकृय सदस्य बन्न र पार्टी प्रवेश गर्नमा सम्पुर्ण कार्यकर्ताको चासोको बिषय रहेको छ ।

सकारात्मक सामाजिक कार्य विकृति विसंगतिलाई न्यायको रुपमा विभिन्न कार्यक्रम गर्दै आएको राप्रपा संगठन विस्तार गर्ने क्रममा सबै युवाले उत्साहका साथ काम गर्ने कार्यशैली मन पराउदै पार्टी प्रवेशमा ओहिरो लागेको राष्ट्रिय प्रजातान्त्र पार्टी बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले बताउनु भयो ।
नेपालगन्ज भएका विकास र राष्ट्रिय प्रजातान्त्र पार्टीले उठाएको एजेन्डा विधिले बाँकेमा सकारात्मक प्रभावले मेयर डा धवल शमशेर राणा बाट पार्टीमा प्रवेश हुनेको संख्या बढेको छ ।

युवा संगठन अध्यक्ष हुकुम के सि स्वास्थ्यमा समस्या देखिए पनि पार्टीको काममा अनवरतरुपमा लागेको देखिनु हुन्छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमिती ,युवा संगठन ,महिला संगठनहरुपनी संगठन विस्तारमा व्यापक रुपमा लागेको देखिन्छ ।

प्रतिक्रिया