समाचार बिधामा नागरिक समाजकर्मी ओलीले खिचेको फोटो उत्कृष्ट

नेपालगन्ज : अन्तराल मिडियाको आयोजनामा भएको दुई दिने फोटो फेस्टिबलमा नेपालगन्जबाट संचालित नागरिक समाज डट कममा प्रकाशित फोटो समाचार विधामा उत्कृष्ठ भएको छ । कोरोना विषेस अस्पताल खजुरा बाट कोरोनालाई पराजित गर्दै निस्केकी बालिकाको फोटो समाचार विधामा उत्कृष्ट भएको थियो । उक्त फोटो नागरिक समाजका कार्यकारी सम्पादक रामु ओलिले लिएका थिए । भर्खर कोरोना जित्नेहरु घर फर्कन लागेको बेला उक्त फोटो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । समाचार बिधामा उत्कृष्ट भएको रामु ओलिले नगद ५ हजार रुपैया पुरस्कार जितेका हुन ।

फोटो फेस्टिबलको उपादि नेपालगन्जका पत्रकार निशु जोसीले हात पारेकी छन । पत्रकार जोसीले नगद २५ हजार रुपैया पुरस्कार जितेकी हुन । निशुले दोस्रो फोटो फेस्टिबलको वर्ष फोटोको उपादि पाएकी हुन ।

त्यस्तै सस्कृति र पर्यटन विधामा बराम बुढामगर, दैनिक जनजिवन विधामा मैत्या घर्तिमगर, खेलकुद विधा तर्फ कालपृष्ठ दैनिकका विक्रम बुढाथोकी, बन्यजन्तु र प्रकृति तर्फ रोमिन चौधरी, नेपाल स्माइल तर्फ नेपाल प्रहरीका अमित रावलले उत्कृष्ठ पुरस्कार जितेका हुन ।

पुरस्कृत हुने सबैलाई नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवलसम्सेर राणा, उप मेयर उमा थापा मगर लगाएतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रम अन्तराल मिडियाका कार्यकारी प्रमुख जयनारायण शाहले संचालनगरेका थिए ।

प्रतिक्रिया