सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दियो समयमै मृत्यु दाबी भुक्तानी

नेपालगन्ज : सन नेपाल लाईफ इन्स्याेरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले आज एक कार्यक्रमका बिच बीमा सम्बद्ध मृत्यु दाबी भुक्तानी दिएको छ ।

आराेही खत्री बिमित रहेकाे बिमालेखकाे प्रस्तावक रेश्मी राना (खत्री) काे मृत्यु पश्चात निज मृतकका श्रीमान बिर बहादुर खत्री र बिमित आराेही खत्रीलाई कम्पनिका अभिकर्ता गङ्गा गाैतम, प्राध्यापक मधुसुदन अधिकारी, बायाे मेडिकल इन्जिनियर नेत्र प्रसाद सापकाेटा र पत्रकार तथा समाजसेवी के.पी. घिमिरेले संयुक्त रुपमा साे दाबी भुक्तानी बापतकाे रु. ६२,०००/- (अक्षरुपी बैसठ्ठी हजार रुपैंया मात्र) रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए ।

बीमा गरेपछि जाेखिम बहनमा उपलब्ध हुने सुबिधा अनुरुप क्रिया खर्च रु. ५०,०००/- र तीन महिनाकाे मासिक आय सुबिधा (मासिक पढाई खर्च प्रति महिना रु. ४,०००/-) बापत रु. १२,०००/- गरि जम्मा रकम रु. ६२,०००/- काे चेक हस्तान्तरण गरिएकाे नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताए ।

निज बिमित खत्रीकाे २०७५ मङ्गसिर २८ गते रु. २,००,०००/- बिमाङ्क रकम बराबरकाे बीमा लेख जारी भएकाे थियाे । करिब २ बर्ष पछि गत मङ्गसिर १५ गते मृतक रेश्मी राना (खत्री) काे उपचारकाे क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचारका क्रममा मृत्यु भएकाे थियाे । उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीकाे नेपालगन्ज शाखाका सक्रिय अभिकर्ताहरु, मार्केटिङ्ग म्यानेजरहरु साथै शुभचिन्तकहरु गरि करिब २० जनाकाे उपस्थिति रहेकाे थियाे ।

अब उक्त बीमा लेखकाे बिमितले १६ बर्ष उमेरसम्म प्रति महिना रु. ४,०००/- (अक्षरुपी चार हजार मात्र) अध्ययन खर्च कम्पनीले चेक मार्फत उपलब्ध गराउने छ भने प्रति वर्ष तिर्नुपर्ने किस्ता रकम छुट हुने प्रवन्धक शाहीले बताए । मृतक रानाको श्रीमानले चेक बुझिसकेपछि बीमाप्रति मेरो पनि पहिला पहिला त्यति विश्वास थिएन तर क्लेम गरेको छोटो समयमै बीमा कम्पनीले भुक्तानी दियो बीमाप्रति गलत सोच्नु गलत रहेछ उनले अनलाइनलाई बताए ।

प्रतिक्रिया