संघर्षले खारिएकी महिला नेतृ हुन तृष्णा

जयपति ढकाल

हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ । जसरी खाना मीठो बन्नको लागि धेरै चिजहरूको आवश्यकता पर्छ त्यसरी नै सपनादेखि सफलतासम्म पुग्नका लागि पनि थुप्रै चिजको आवश्यकता पर्छ । सदैव याद राख्नुहोला, जसको सपना हुन्छ, त्यसलाई पुरा गर्ने आँट र साहस धैर्यता र निरन्तर मेहनत हुन्छ उसले नै सपना पूरा गर्छ, किनकि जसले सपना देख्छ त्यो सपना पूरा गर्ने जिम्मेवारी पनि त्यही मान्छे संग हुन्छ जसमा भरपुर्ण व्यक्ति हुनुहुन्छ तिष्णा स्याङतान लामा ।

वि.स २०४४ पुष ०९ गते साबिकको फत्तेपुर गा.बि स हाल राप्ती सोनारी गाँउपालिका जन्म लिएकी तिष्णा स्याङतान लामा अहिले किसान र संगठन कि एक पहिचान गर्न सफल परिचित नाम हो तिष्णा स्याङतान लामा ।  स्थानीय विद्यालयबाट प्राथमिक र निम्नमाध्यमिक विद्यालयको शिक्षा गाँउमा रहेको सरकारी विद्यालय बाट हासिल गरेकी थिइन ,तर माध्यमिक शिक्षा हासिल गर्ने क्रममा २०५२ को जनआन्दोलनले प्रभाव पारेको थियो र राम्रो परिवारबाट हुर्केकी उनी शिक्षाको लागि मरिहत्ते गर्नु पर्छ भन्ने ज्ञान बढेकी उनी माध्यमिक शिक्षा हासिल गर्न नेपालगन्जमा रहेको महेन्द्र मा बि मा आएकी थिइन ।

पढाइ र जनआन्दोलनको दबाबमा परेकी तिर्सनालाई सजिलो जीवन जिउन त्यति सजिलो थिएन ।  शिक्षाको सदुपयोग गर्न निर्धन उथान बैंकको कार्यालय सहयोगी बाट सुरु गरेकी तर्सना कामको अनुभवले साकार कृषि सहकारी संचालक समिति सदस्य,सचीव हुदै ऋण संयोजक हुन पुगेकी थिइन ।

आफ्ना बालबालिका जन्मे पश्चात् अध्ययन सुरु गरेकी, थुप्रै सिपमुलक तालिम, अभिवृद्धि सम्बन्धि दर्जनौं तालिम लिएकी तिर्सना  विभिन्न संघ संस्थाको सहजकर्ता , सुन्दर शान्त नेपाल परियोजना च्यान्पियन, राप्ती सोनारी गाँउपालिकाको सचीव भएकी थिइन ,सामाज संग गरेको योगदान र संघर्षले श्री सिदेश्वर माध्यमिक विद्यालय शिक्षक अभिभावक संघको सदस्यमा मनोनीत पनि गरि सकेको थियो ।

राम्रो परिवारबाट हुर्के पनि माध्यामिक शिक्षा हासिल गर्दै गर्दा आफ्नो जीवन साथी माया गरेर खोजी सकेको थिइन  परिवारलाई थाहा नदिइ मायामा फसिसकेकी उनि ,सुखमय जीवन जिउने सपना देखेकी तिर्सना पारिवारिक सम्बन्धमा बाधिए पछि बच्चा पनि पेटमा हुर्की रहेको थियो ।

तर अहिले श्रीमानको सपोट त्यति राम्रो छैन ,त्यही पनि आफू निर्भर हुनुपर्छ आफुले मेहनत गर्नु पर्छ आफू स्वाभिमान भए पछि जिवनको यात्रा सफल बनाउन सक्छु भन्ने दाउमा हिडेकी तिर्सना स्याङतान लामा किसान परिवार बाट हुर्केकी हुनाले होकि आफुले पनि कृषक बन्न चासो राखिन ” भनिन्छ नि लक्ष्य लिनु पर्छ गन्तव्य पुगिन्छ भनेर” त्यस्तै उदाहरण हुन लामा अहिले ब्यवसायी कृषक संजाल नेपालको महिला उपाध्यक्ष र राप्ती सोनारी गाँउपालिका इन्चार्ज बन्न सफल भएकी छ्न ।

बाख्रा पालन कुखुरा पालन बाट सुरु गरेकी तिर्सनालाइ कष्ट गरेर बाख्रा कुखुरा पालेकी उनि र अहिले सरकारको अनुदानले केही सहज बनाएको छ,साधारण सदस्य बाट सुरु गरेकी उनी अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको राप्ती सोनारी गाँउपालिकाको गाँउकमिटी सदस्य पनि हो ।
जनशिदेश्वर पब्लिक क्याम्पस कार्यकारी संचालक समितीमा पनि रहेर काम गरिएको छ्न ।

धैर्यतापूर्वक निरन्तर आफ्नो सपनालाई पछ्याइरहे, सपना पूरा गर्नका लागि काम गरिरहे र त्यसलाई पूरा पनि गरे र अझै पनि झन् ठूलो सपना बोकी त्यसलाई प्राप्त गर्न विभिन्न तरिकाले सक्रिय देखिन्छन् तिर्सना स्याङतान लामा ।

लामाले देख्ने सपनाको आकार अनुसारको संघर्ष त्यस सपनालाई साकार पार्न गरेकि छ्न , मतलब जति ठूलो सपना, त्यति नै ठूलो मेहनत । त्यति नै ठूलो त्याग तथा जोखिम उठाउन पनि मानिस तयार छ्न  ।

तर मानिस स्वभावैले अल्छी तथा सुविधाभोगी प्राणी हो तर तिर्सनाको जो संघर्ष गर्नका लागि तयारिमा छ्नि  उनी आखिर जित जित्न र जीवन सार्थक बनाउन नि सक्ने छ्न । लक्ष्य प्राप्तिका लागि गरेको संघर्षले तिर्सनालाई आफैंसँग अझ बढी परिचित गराइदिएको छ  ।

विभिन्न अप्ठेरो र असफलताले भएको क्षमता र दुर्बलता पहिचान गर्ने मौका मिलेको छ, जसका कारणले तिर्सनाले आफूमा क्रमिक सुधार गर्दै लैजाँदा मानिस सफलताको नजिक पुगे नि त्यस्तो पराजय नमान्ने एक लिडर हुन  ।

हजारौं  सपना देखेकि तिर्सनालाई सपना पूरा गर्न गलतबाटो लागेकी छ यो के गर्न सक्छ र भन्नेलाई चकित पारेकी तिर्सना अहिले लक्ष्य प्राप्तिको खोजिमा देखिन्छ्नि ।

प्रतिक्रिया