संखुवासभामा रहेको मायाखोला हाइड्रोपावरले २४ लाख कित्ता आइ पि ओ बिक्री गर्ने

माया खोला हाइड्रोपावरले सर्वसाधारणलाई २४ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्झौतामा दुवै पक्षबीच हस्ताक्षरसमेत भइसकेको छ ।

उक्त सम्झौतामा  माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित माया खोलामा १४.९ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको छ।

प्रतिक्रिया