
नेपालगन्ज – शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि- खजुरा बाँकेको अध्यक्षमा गोपाल तिवारी सर्वसम्मतिले चयन हुनु भएको छ ।
शनिबार भएको सहकारीको साधारणसभाबाट अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतले चयन गरिएको निर्वाचन समिति सदस्य तथा निर्वाचन अधिकृत मित्रलाल शर्माले बताउनुभयो ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा योगनाथ पौडेल , सचिबमा तोजिन्द्र बहादुर बि-क, कोषाध्यक्षमा भुमिक्ष्वर शर्मा, लेखा संयोजकमा माधव शर्मा, लगायत १७ सदस्यीय कार्यसमिति गठन गरिएको निर्वाचन समिति संयोजक ऋषिराम सापकोटाले बताउनुभयो । उक्त सहकारीको निर्वाचन समितिमा सापकोटा, शर्मा र बुद्धि बहादुर बि-क- रहनु भएको थियो ।
