शनिबार डुडुवा गाँउपालिका बाँकेमा कांग्रेसको बिरोध सभा डा.मिनेन्द्र रिजालको सम्बोधन गर्ने ।

बाँके
नेपाली कांग्रेसले बाँकेले शनिबार नेपालगन्ज र डुडुवा गाउँपालिकामा बिरोध सभा गर्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार माघ ३ गते नेपाली कांग्रेस नेपालगन्ज नगर समितीको आयोजना शनिबार प्रतिनिधिसभा विघटन विरुद्ध बिरोध सभा गर्न लागेको नगर सभापति प्रशान्त बिष्टले जानकारी दिएका छन् ।
शनिबार बिहान ११ बजे हुने हुने बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने नगर सभापति बिष्टले बताए। नेपालगन्जको रामलीला मैदान अगाडीको सरस्वती मन्दिर नजिक हुने बिरोध सभामा कांग्रेसका नेता डा. रिजालसँगै कांग्रेस सभासदहरुको पनि उपस्थिति रहने भएको छ।त्यस्तै शनिबार दिउँसो दिउँसो १ बजे डुडुवा गाउँपालिकाको बनकट्टी चौकमा हुने बिरोध सभा हुुुुने डुडुुुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए। 
अध्यक्ष चौधरीले डुडुवामा शनिबार हुने बिरोध सभामा सबै कांग्रेस नेता कार्यकर्ताहरुलाई उपस्थित अनुरोध गरेको छन् ।

प्रतिक्रिया