विद्यालय स्थापना भएको चौबीस बर्ष पछि शिक्षक दरबन्दी पाउँदा स्थानीय हर्षमय भएका छ्न ।

टाइम्स संवाददाता हुम्ला

हुम्लाको ताँजाकोट गाँउपालिका भदालदिपु ०४ मा रहेको चन्द्र प्रकाश माध्यमिक विद्यालय हुम्लामा आज कुनै शिक्षक विधाइ ,स्वागत ,बधाई कार्यक्रम राखेको हो ।

उक्त कार्यक्रममा बिशेष अतिथी पुर्ण प्रसाद ढकालले शिक्षामा गुणस्तरीय दक्ष जनशक्ति ,मानिसलाई विकसित,चरित्रवान्,कर्मशील तथा अनुशासित बनाउँदै सार्थक जीवन व्यतीत गर्न सक्षम बनाउने कार्य नै शिक्षा हो। शिक्षा राष्ट्र निर्माणको बलियो आधार हो,जहाँ गुणस्तरीय शिक्षा पर्याप्त हुन्छ त्यहाँ समृद्धिको ढोका खुलेको हुन्छ भन्नेमा अध्यक्ष ढकाले जोड दिएका छ्न ।

बढी सेवा सुविधा दिएर भए पनि दुर्गममा शिक्षकको अभाव हुन दिनु हुँदैन शिक्षकलाई जिम्मेवार बनाउनका लागि राम्रो नराम्रो कामको आधारमा दण्ड र पुरस्कृतको व्यवस्था गरिनु पर्छ। शिक्षक पेसालाई उच्च पेशाको रूपमा बढी सुविधा प्रदान गरी दक्ष जनशक्ति ल्याउन सक्नु पनि हाम्रो अधिकार छ र उत्तरदायित्वको साथ अगाडि बड्न नेकपा चार नम्बर वडा कमिटी इन्चार्ज झलक ढकाले बताउनु भयो ।

माध्यमिक शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिदिएकोले प्रत्येक स्थानीय तहलाई काम गर्न सजिलो भएको छ। केन्द्र सरकारको मुख ताक्नु पर्ने बाध्यता छैन। र सबैलाई समानरुपा शिक्षा दिनु पर्छ र हामिले शिक्षालाइ खस्किन दिनु हुदैन र दक्ष अनुभवी शिक्षकबाट पढाइ हुने बि ब्य स अध्यक्ष धनलाल जैसिले जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका बागलुङ प्रकाश मा बि बाट सरुवा भइ हुम्लाको ताँजाकोट गाँउपालिका निम्नमाध्यमिक विद्यालयको दरबन्दी पाएका केशर बहादुर मल्ल स्थायी हुनु भन्दा पहिला १२ बर्ष करारमा निरन्तर शिक्षामा अनुभवी निख्खार भएका शिक्षक भएको र अझै शिक्षामा आमूल परिवर्तन हुने दक्ष जनशक्ति हाम्रो विद्यालयले उत्पादन गर्ने बिद्यालयका लेखापाल गौरीशंकर देवकोटाले जानकारी दिनु भयको छ ।

लामो समय देखि विद्यालयका विभिन्न गतिविधि लेखोजोखो र अहोरात्र खटिने करारमा नियुक्त भएका लेखापाल गौरीशंकर देवकोटा निरन्तर सेवामा अनवरतरुपमा लागेको हुनाले ताँजाकोट गाँउपालिकाको निर्णय अनुसार देवकोटा विद्यालयमा स्थायी लेखापालको रुपमा राखेकोले बधाई कार्यक्रममा पनि राखियको थियो ।

कार्यक्रममा ताँजाकोट गाँउपालिका वडा नम्बर चारका वडा अध्यक्ष चन्द्र प्रकाश माध्यमिक विद्यालय बि ब्य स अध्यक्ष धनलाल जैसी प्रसन्त सभापति प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ताँजाकोट गाँउपालिका इन्चार्ज हरिदत्त जैसी विशेष अतिथी नेपाल कम्युनिष्ट पार्टी हुम्लाका स्कुल बिभाग उप प्रमुख नेकपा ताँजाकोट गाँउ कमिटी अध्यक्ष पुर्ण प्रसाद ढकाल अतिथी चन्द्र प्रसाद ढकाल झलक ,चन्द्र प्रकाश माध्यमिक विद्यालय प्रधानाध्यापक धिरेन्द्र बहादुर सिंह नेकपा वडा कमिटी अध्यक्ष तथा चन्द्र प्रकाश माध्यमिकका बि.व्य स पुर्व अध्यक्ष प्रदिप जैसी सम्पुर्ण विद्यार्थि र अभिवाभक शिक्षा प्रेमी बुद्धिजीवी गुणस्तरीय शिक्षा खोजि रहेका अभिवाभकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया