विगतको संघर्षले ल्याएको ताँजाकोट हुम्लामा गाडी पुग्दा स्थानीयको हर्ष ।

जयपती ढकाल -हुम्लाको दुर्गम तल्लो गाँउपालिका पर्ने ताँजाकोट गाउँपालिकाको गोठेलवाडा गल्लावाडामा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएको खबरले मेरो मन प्रफुल्ल भएको छ ।

सर्वप्रथम ताँजाकोट गाँउपालिका र वडा पालिकाको कार्यालय वडा नम्बर चार भौतिक बिकास पुर्वधार कार्यालय हुम्ला राजनीति दल प्रदेश सरकार र नेपाल सरकार प्रती हार्दिक आभार ।

सिटामल नपाएर अकालमा ज्यान गुमाउने बिगत सम्झिदै हार्दिक श्रद्धासुमन व्यक्त गर्दै सडक बन्ला भन्ने कुनै सपना पनि नदेखिएको हुम्ला गाडीसमेत गुडेको देख्दा खुशीले सिमा नाघेको छ ।

खाद्यान्न र दैनिक उपभोग्य सामग्री भोगले छट्पटी गदै गर्दा अछामको साफेवगर बाट पिठ्युँमा बोकेर १० दिन यात्रा गरेको बुवा आमा बाजेको त्यो दिन सम्झिन्छु ।

गाडिले खाना खान्छ देख्दा फुलकामाला लगाउनु पर्छ ढोक गर्नु पर्छ भनेर गाडी देखेकाले गाडी नदेखिएको लाई सम्झाउदा त्यो दिन सम्झन्छु बजार टाढा हुदा एक जोर जुत्ता चप्पल दुई बर्ष लगाएको त्यो दिन सम्झन्छु कतै भिर बाट हिड्ने क्रममा लडेको कर्णालीमा बगेर अकालमा मृत्यु भएको समाचारको त्यो दिन सम्झन्छु पिठ्युँमा भारी बोकेर टाउकोको कपाल खुइलिएको त्यो दिन सम्झन्छु सुन्दा फिल्म काल्पनिक कथा जस्तै लाग्ला यथार्थ र साँचो कुरा हो ।

सडकसम्म पुग्न तथा गाउँपालिका केन्द्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता सम्झिन्छु सडक सञ्जाल विस्तार भएसँगै सस्तो र सुलभ मूल्यमा गाउँमै सम्पूर्ण सामान उपलब्ध हुने भएको होला ९५ बर्षकी हजुर आमाले गाडी देखेर मर्ने भइन होलिन आज त्यो दिन सम्झन्छु ।

प्रतिक्रिया