‘लागू औषध प्रयोगकर्ता खुलेर उपचार सेवामा सहभागी हुने वातावरण सृजना गर्नु पर्छ’ – सहभागी

नेपालगन्ज : तेस्रो लिङ्गी, यौनकर्मी तथा लागू पदार्थ सेवनकर्ताहरुको एचआईभी , टिभी, र यौन प्रजनन स्वास्थ्य सेवामा पहुँचको अभाव रहेको बताइएको छ ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजन गरेको एक कार्यक्रममा सहभागीहरुले लागु औषध प्रयोगकर्ता स्वास्थ्य समस्याको रुपमा रहेको भन्दै आए पनि देशको विभिन्न निकाय तथा समुदायले विभिन्न किसिमको हिंसा तथा लान्छना लगाउने गरेको पाइएको छ जसको कारण उनिहरुको सहि उपचार प्राप्त गर्न सम्भव नभएको र स्वास्थ्य सेवामा समेत समस्या सृजना भएको बताएका छन् ।

एचआईभी रोकथाम, उपचार सेवा सरकारको पहलमा भए पनि लान्छना र बिभेदको कारण सबै लक्षीत समुह स्वास्थ्य सेवामा र संक्रमितहरु उपचार सेवामा खुलस्त सहभागी हुन नसकी उपचारबाट बन्चित हुनुपरेको चेन्ज टिमकी कार्यक्रम संयोजक तथा रिकभरिङ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमार जिसीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले एचआईभी संक्रमितहरुको स्वास्थ्य बिमाको अवधारणा नेपाल सरकारले लिएको  र त्यसको लागि संक्रमितको नागरिता आवश्यक रहने हुँदा केही संक्रमितहरु नागरिताको कारणले सरकारले ब्यवस्था गरेको स्वास्थ्य बिमाबाट बन्चित हुनुपरेको बताएका छन् ।

बाँकेमा जिल्लामा करिब २० जनाको हाराहारीमा नागरिताकै कारण स्वास्थ्य बिमाबाट बन्चित रहेको भए पनि अन्य स्वास्थ्य सेवाभने नियमीत रुपमा प्राप्त गरेको बताएका छन् ।

८३ जना स्वास्थ्य बिमाको दायरामा नआएको र जसमध्ये २० जनाको हाराहारीमा नागरिता नभएकै कारण बन्चित रहनु परेको एक सहभागीले बताएका छन् ।

लागू औषध प्रयोगकर्ताहरुले लागू पदार्थ सेवनबाट छुटकारा पाउन चाहेपनी कतिपय अवस्थामा समाजले गर्ने बिभेदका कारण उपचारको दायरामा आउन नसक्ने र रिकभरिङ नेपालले संक्रमितको सहज उपचार सेवाको पैरबी गर्ने र सहज उपचारको वातावरण सृजना गर्ने काम गर्दै आएको रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसिले बताएका थिए ।

विश्व स्वास्थ्य संगठनले लागू औषध सेवन रोग रहेको भन्दै गर्दा नेपाल सरकारको गृह मन्त्रालय अन्तरगतको केही निकायहरुले भने त्यस्तो नजरले हेर्ने नगरेको सहभागीहरुले बताएका छन ।

कार्यक्रममा चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसी, चेन्ज टिमका परियोजना अधिकृत यशोधा ज्ञवाली, सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र कुमार जोशी, वेस्टर्न स्टारका परिना चौधरी, खडानन्द उपाध्याय, चेन्ज टिमका शसाक पोखरेल, सन्तोया पौडेल, कबिता पौडेल, अच्युत पौडेल, मजित अलि, मेनका भुसाल, उमा सैनी, इन्द्रा शाही लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया