रुपान्तरण सहितको पार्टी एकता अहिलेको आवश्यकता हो :- जैसी


जयपती ढकाल ।
नेपाली कम्युनिष्ट आन्दोलनको जाज्वल्यमान नक्षेत्र तथा जनताको बहुदलीय जनवादका संस्थापक कमरेड मदन भण्डारीको षड्यन्त्रमुलक अवासान भएको दिन पारेर २०७५ जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलनभित्रबाट संसदीय संघर्षमा आफुलाई अब्बल सावित गरेको नेकपा (एमाले) र जनयुद्धको बाटो हिंडेकाहरु मध्येको मूल घटक नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात् वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जन्म भएको हो ।

देशमा वर्षौंदेखि विद्यमान दलाल नोकरशाही पुँजीवादी शोषण र सामन्तवादका आर्थिक, सामाजिक र सांस्कृतिक अवशेषहरुलाई निमिट्यान्न पारी स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपालको निर्माण गर्ने वचनवद्धता जाहेर गर्दै जनताबीच गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अकल्पनीय जनसमर्थन प्राप्त भयो ।

युगीन जिम्मेवारी उच्च नैतिक आचरण र वैज्ञानिक दृष्टिकोण युक्त, निस्वार्थ, निस्पक्ष र स्वच्छ छवी भएका राजनैतिक व्यक्तिहरुद्वारा नेतृत्व गरिएको जनआधारित, सुसंगठित, एकतावद्ध, गतिशील, जुझारु, नयाँ सोचसहितको अग्रगामी पार्टीको निर्माणबाट मात्र सम्भव थियो त्यसमा हुम्ला जिल्ला बाट लालकेश जैसी थिए ।

कार्यकर्ताको यो पङ्ति आम जनसमुदायसंगको घनिष्ट सम्बन्ध रहेको, उत्पीडन, शोषण, अन्याय, असमानता र विभेदविरोधी छवि बोकेको र देश, जनता र परिवर्तनप्रति अगाध विश्वासले लैस भएको हुनाले व्यापक जनताको मन जितेका लालकेश जैसी अहिले अध्यक्ष भएका हुन ।

फलस्वरुप पार्टी एकीकरणको छोटो अवधिपश्चात् नै पार्टीको उच्च नेतृत्व आफ्नो क्षमता, दक्षता, लगनशिलता र कम्युनिष्ट विचारप्रतिको प्रतिवद्धतालाई उचित उपयोग गर्दै पार्टीको वर्चस्व भएका र सहयोग गर्ने, राष्ट्रियता, जनजीविकाका सवालहरु र आपतकालीन अवस्थाको उचित व्यवस्थापनमा योजनावद्ध रुपले लागेका देखिन्छन् जैसी ।

बरु पार्टी एकीकरणको मुल मर्म र पार्टीको युगीन दायित्वलाई चटक्क बिर्संदै आफ्नो विगतका सफलताका कथाहरुबाट सिक्नुको साटो कम्युनिष्ट आन्दोलनको दीर्घ रोगको अवशेषलाई निरन्तरता दिँदै अपवित्र समीकरणहरु निर्माण गर्ने र व्यक्तिगत र गुटगत स्वार्थ पूर्तिमा रमाउने प्रवृत्तिको शिकार भयो । सिङ्गो पार्टी, कम्युनिष्ट आन्दोलन र मुलुक दिशाविहिन अवस्थामा पुग्यो भन्ने मा अलि चिन्ता ब्याक्त गर्नु हुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म पुर्‍याउन अहम् भूमिका खेल्ने यी पार्टीका योद्धाहरुको मनोबल न्यून तुल्याएर अलपत्र पारी पार्टीको जनताको तहसम्म पुगेका जराहरु काटिएका छन् । जसले गर्दा पार्टीको विरुद्धमा विपक्षीहरुले फैलाएका फतुरहरुको आवस्यक खण्डन नभई आम जनतामा पार्टीप्रति घोर वितृष्णा जागेको छ उनको भनाइ छ।

हाल हप्तैपिच्छे जस्तो देखिने पार्टी विभाजनका विभिन्न आकारका सुनामीहरुद्वारा मानसिकरुपमा थिलो थिलो पारी निरासाको मुखमा पुर्‍याइएका लाखौं कार्यकर्ताहरुको मनोवल उकासी जनस्तरसम्म पार्टीको प्रभाव विस्तार गर्न नेताहरुको विभाजित मानसिकतामा परिवर्तन आवश्यक छ ।

कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि । तर, समय परिवर्तनशील छ । मान्छेले गरेको सच्चा मेहनत र लगनअनुसारले समय परिवर्तन भइरहन्छ । त्यसो त हेर्ने हो भने आजसम्म मानिसले जति पनि सफलता प्राप्त गरेका छन्, ती सबै प्रायः सुरुवातमा असम्भवजस्तै देखिन्थे तर नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसी लाई सफलता र संघर्षको शिखरमा पुर्‍याउन मद्दत गरेको छ ।

एक दुई प्रयासपछि पनि असफलता बेहोर्नुपरेकाले आफ्नो सपना नै पूरा नहुने रै’छ भनी त्यागिदिएका हुन्छन् र यो सबै पछि बचेका केही थोरै मानिस मात्रै निरन्तर आफ्नो सपनाको प्राप्तिका लागि संघर्ष गरिरहेका हुन्छन जसमा अध्यक्ष जैसी पर्दछन ।

जसले धैर्यतापूर्वक निरन्तर आफ्नो सपनालाई पछ्याइरहे, सपना पूरा गर्नका लागि काम गरिरहे र त्यसलाई पूरा पनि गरे र अझै पनि झन् ठूलो सपना बोकी त्यसलाई प्राप्त गर्न विभिन्न तरिकाले सक्रिय छन् । मानिसले देख्ने सपनाको आकार अनुसारको संघर्ष त्यस सपनालाई साकार पार्न गर्नुपर्ने हुन्छ । मतलब जति ठूलो सपना, त्यति नै ठूलो मेहनत । त्यति नै ठूलो त्याग तथा जोखिम उठाउन पनि मानिस तयार हुनुपर्छ भन्नेमा अध्यक्ष जैसीले प्रमाणित गरेका छ्न ,

आखिर जित उसैको हुन्छ र उसैको जीवन सार्थक पनि हुन्छ । लक्ष्य प्राप्तिका लागि गरेको संघर्षले मानिसलाई आफैंसँग अझ बढी परिचित गराइदिन्छ ।

उहाँको बाटोको कठिनाइ, परिश्रम, असफलता सबैलाई बिर्साएर अकल्पित आनन्द दिइरहेको छ जिवनले त्यही नै उहाँको पुरस्कार हो, सफलता हो । हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ भन्छन नि जसरी खाना मीठो बन्नको लागि धेरै चिजहरूको आवश्यकता पर्छ त्यसरी नै सपनादेखि सफलतासम्म पुग्नका लागि पनि थुप्रै चिजको आवश्यकता पढि रहेको मैले देखेको छु !
अझै मजबुत र दुई अध्यक्ष र बिच संगठनिक र बैचारिकरुपमा भएका सहमतिहरु लाई एक्यवद्धरुपमा लिएर पार्टिला अगाडि चलाउन र अझ सुदृढ गर्न टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया