रुकुम घर भएका ३३ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु

नेपालगन्ज : कोरोना भाइरस  संक्रमणबाट बाँकेमा फेरी एकजना पुरुषको मृत्यु भएकोछ । यो संगै बाँकेमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या बाहिरी जिल्लाबाट उपचार गर्न आएकको सङ्ख्या  १३ जना पुगेको छ ।

रुकुमको चौरजही नगरपालिका वडा नं १४  निवासी ३३  वर्षिय ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि असोज  २१  गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियोे ।  नीजलाई कोभिड १९ को शंका मानी असोज  २२ गते स्वाव संकलन गरिएको र जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिरामीलाई भेन्टीलेटरमा राख्ने,  अक्सिजन दिने लगायतका नीजलाई  कोभिडको उपचारमा गर्नुपर्ने सम्पूर्ण विधिहरु अपनाएर उपचार गरिएको  अस्पताल स्रोतले जनाएको छ ।

क‍ोरोना  संक्रमित ती पुरुषको उपचारको क्रममा  असोज ३० गते बिहान  ५:०० बजे मृत्यु भएको कोभिड १९  बाँकेका फोकल पर्सन नरेशबाबुले लेखेको प्रेस नोटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया