राष्ट्र र राष्ट्रियताको लागि फाल्गुन ४ गते नेपालगन्जमा भब्य र्‍याली हुँदै ।


बाँके ” नेपाली हामी रहौंला,कहाँ नेपाललै नरहे ” भन्ने मुल नाराका साथ मध्यपश्चिमाञ्चल वासी नेपाली जनताको आयोजनामा बृहत कार र मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका युवा संगठन नगरकार्यसमितिले समर्थन जनाएको छ, लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगन्जमा यहि मिति २०७७ फागुन ४ गते मंगलबार हिन्दुराष्ट्र र राजसंस्थाको लागि नेपाली झण्डा सहितको मोटर साईकल, कार लगायतको साधनबाट वृहत् ‌‌र्याली तथा कार्यक्रम हुने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमिती अध्यक्ष रवि संकर बर्माले नेपालगन्ज टाइम्स संग जानकारी गराएका छ्न ।

उक्त कार्यक्रमको लागि शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बाबा नेपालगन्ज आउनु भएको छ। देश व्यापी अभियानमा लागेका बाबा नेपालगन्जमा हुने वृहत् र्यालीको तयारिमा जुटेको रा.प्र यु.स नगरकार्य समितिका सह-कोषाध्यक्ष अमन गुप्ताले जानकारी दिए ।

छोटोे समयमा पार्टिगतको हाबिलाई यथासिग्र राख्दै सम्पुर्ण युवाहरु राष्ट्र र राष्ट्रियताको लागि लागि पर्न शिवसेना नेपालका अध्यक्ष अनिल बाबाले बताउनु भयो ।

परिवर्तन गरि हिन्दुराज्य र राजसंस्थालाई नारायणहिटी उतार्ने योजना बनाएको शिवसेना नेपाल देशमा यतिबेला पार्टिहरुको ब्यक्तिगत हावि र तछाड मछाडलाई सदुपयोग गर्ने दाउमा लागेको छ ,भने राजनीति पार्टिका हर्कत देखेपछि यति बेला सम्पूर्ण राष्टबादि युवाहरु एक जुट हुन तयार भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले अनिल बाबा संग छलफल तथा भेटघाट गरेको थियो ।

पार्टी र राजसंस्थामा धेरै परिबर्तन छ जसमा तपाईं हामिले धेरै पटक भोगिरहेका छोै त्यसैले अब सबै राष्ट्रबादि युवा अथवा सबै जनता मिलेर हिन्दुराज्य र राजसंस्थाको लागि आवाज उठाउदै आउदो महिनाको फागुन ४ गते भेला हुने स्थान बागेश्वरी मन्दिर पार्क नेपालगन्ज समय १२:३०मा नेपालगन्जमा भव्य र्याली तथा कार्यक्रम हुने जानकारी दिएको छ ।

प्रतिक्रिया