राष्ट्रिय युवा संघ बैजनाथ कमिटीले पश्चिम नेपालमै सर्वाधिक रक्तदान कार्यक्रम गर्न सफल

३४५ जनाले गरे रक्तदान



नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँके बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मा- वि जि गाउँमा बृहत  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा चितवन पश्चिममै एकै ठाउँमा अहिलेसम्मकै सर्वाधिक रक्तदान गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेका बैजनाथ गाउँपालिका कमिटीका संयोजक अगन मल्लको अध्यक्षतामा  भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, पुर्व राज्यमन्त्री दल बहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, नेकपा बाँकेका नेता रत्न खत्री, राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक कुश्माखर बश्याल, युवा संघ जिल्ला  सदस्य सुनिल रसाइली  लगायतको उपस्थिति रहेको थियोे ।
नेकपा नेता रत्न खत्री,  राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सदस्य किशोर थापा, नेकपा बाँकेका जिल्ला सदस्य  डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत ३४५ जनाले रक्तदान गर्नुभएको छ ।

कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, पुर्व राज्यमन्त्री दल बहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनैपनि हालतमा बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया