राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालगन्जमा १७ जना नगरकमिटी गठन गरि अन्य पार्टी बाट एक दर्जन प्रवेश ।

नेपालगन्ज

आज राष्ट्रिय प्रजतान्त्रिक महिला संगठन बांकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका को नगर कमिटी आशा बिष्टको अध्यक्षतामा १७ जनाको नगर कमिटी गठन भएको छ ।

नगर कमिटी गठन गर्ने कार्यक्रममा विभिन्न पाटी परित्याग गरि राष्ट्रिय प्रजातान्त्र पार्टी बाँकेमा एक दर्जन बढी महिला राप्रपा मा प्रवेश गरेको छ्न ।

नेपालगन्ज उपमहानगर नगरपालिका वडा नम्बर ४ जननिर्वाचित वडा सदस्य तथा नगरपालिकाकि नगर कार्यपालिका सदस्य समेत रहेकी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन अध्यक्ष इन्दिरा शाहिले जनताले दिएको जिम्मेवारी पुर्णरुप पूरा गरि पार्टीमा पनि आफू त्यतिकै सक्रिय रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवल समशेर राणाले महिला संगठनले गरेको यो सहयोगले नगरपालिका र पार्टीको काममा थप उर्जा बढेको बताउनु भयो ।

उक्त कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष केन्द्रिय सदस्यहरु अनि नगर क्षेत्रका अध्यक्ष तथा भातृसंगठन का अध्यक्ष महिला संगठन का केन्दिय सदस्यहरु महिला संगठन प्रदेश अध्यक्ष बिष्णु सिंह महिला संगठन जिल्ला पदाधिकारी हरुको उपस्थित थियो ।

प्रतिक्रिया