राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला कार्यसमिति पुनर्गठन कार्यक्रम सप्पन्न ।


नेपालगन्ज -राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाँकेको आयोजनामा जिल्ला कार्यसमिति पुनर्गठन कार्यक्रम भब्य विद्यार्थीको उपस्थितिका साथ सम्पन्न भएको छ ।

आजको भेलाले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बांकेको अध्यक्ष निराजन नर्सिङ राणा,सचीव शेखर शाही ,सह सचीव प्रकाश शाही ,सहितको २० जनाको कार्य समिति सदस्यको पुनर्गठन गरेको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि राणाले विद्यार्थीकाल बाटनै सपना देख्ने गरिन्छ र लक्ष्य प्राप्त गर्न सजिलो हुनेमा जोड दिएका छ्न ।
अनुशासन लगनशीलता ,सिर्जनशीलताले नै अथक उज्ज्वल भविष्य निर्श्चित हुने र सम्भव भएकोमा पनि भारती प्रधानमन्त्री नरेन्द्र मोदिको उदाहरण दिएर सम्पुर्ण विद्यार्थीलाई सम्झाएका थिए ।

अबको परिवर्तन र बिकास युवा,विद्यार्थीहरुको प्रखर भुमिका रहेको र विद्यार्थीहरुका हरेक समस्या भए नेपालगन्ज उपमहानगरपालिका जति बेला पनि खुल्ला रहेको मेयर धवल शमशेर राणाले बताउनु भएको थियो ।

राप्रपा पार्टी अध्यक्ष नरेन्द्र पौडेलले पनि राजनीतिको पहिलो खुट्किलो नै विद्यार्थीकाल बाट सुरु हुने बताएका छ्न ।

राजनीति परिभाषा सिक्न र मुलुक परिवर्तनको मुख्य जग विद्यार्थी भएको हुनाले सम्पुर्ण विद्यार्थी एकजुट हुन पनि अध्यक्ष पौडेलले आग्रह गरेका छ्न ।
उक्त कार्यक्रमको अध्यक्ष निराजन नर्सिङ राणा,प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणा बिशेष अतिथी नरेन्द्र पौडेल पार्टी अध्यक्ष बाँके अतिथि केन्द्रिय सदस्य ऋषि राज देवकोटा ,नगरकार्यसमिती युवा संगठन अध्यक्ष रवि संकर बर्मा ,सह-कोषाध्यक्ष अमन गुप्ता राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष हुकुम के सि महिला संगठन अध्यक्ष इन्द्रीरा शाही ,जि क स अर्जुन शाहको उपस्तिथि रहेको थियो ।

कार्यक्रम संचालक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बांकेका सचीव अरुण शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया