राष्ट्रिय प्रजातान्त्रिक पार्टीको प्रदेश परिषद भेला तथा अधिवेशन बाट बद्री कुमार श्रेष्ठ सर्बसम्मत निर्वाचित ।

अमन गुप्ता बागमती आज भएको बागमती प्रदेश काठमाडौं ( २ क ) प्रदेश परिषद भेला तथा अधिबेशन बाट बद्री कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।

भेलाले अध्यक्ष सहित १६ सदस्यीय कार्यसमिती गठन गरेको छ भने बाकी सदस्यहरु पछि मनोनीत हुने कार्यसमितिले निर्णय गरेका छ्न ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी महाधिवेशनलाई मध्यनजर गर्दै देश ब्यापी रुपमा सक्रिय सदस्यता बितरण , संगठन निर्माण साथै वडा देखि जिल्ला सम्म विभिन्न भेला कार्यक्रम अन्तरक्रिया छलफल गर्दै पार्टीलाई मजबुत बनाउन लागेको छ ।

कसैको दबाब लोभ लालक्षना बाट पार्टीमा प्रवेश नगरी बिकास नीति बिधिको आधारमा सम्पुर्ण नेपालि वासीलाइ जति वेला पनि पार्टीमा ढोका खुल्ला रहेको राप्रपाका वरिष्ठ नेताले जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया