राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमिती कार्यालय उदघाटन ।

नेपालगन्ज –राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमिती नेपालगन्ज बाँकेको कार्यालय उदघाट्न कार्य सप्पन्न भएको छ ।

कार्यालय उदघाटन नेपालगन्ज उपमहानगरपालिका बाँकेका मेयर डा .धवल शमशेर राणाले रिवन काटी उदघाटन गर्नु भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को युवा संगठन बाँकेको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ । नयाँ कार्यालय नेपालगन्ज उपमहानगरपालिका बाँके वडा नम्बर ०९ विधुतरोडमा संगठनको कार्यालय रहेको छ ।

राष्टिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमिती अध्यक्ष रबि संकर बर्मा,सह-कोषाध्यक्ष अमन गुप्ता ,राष्ट्रिय प्रजातान्त्रिक पार्टी युवा संगठन बाँकेका अध्यक्ष हुकुम के सि
रा प्र पा युवा संगठनका केन्द्रिय उपाध्यक्ष ॠषि राज देवकोटा ,जिल्ला पार्टी अध्यक्ष नरेन्द्र पौडेल केन्द्रिय सदस्य गौरव चन्द ,मजदुर संगठन मिना श्रेष्ठ ,केन्द्रिय सदस्य पवित्रा सुब्बा श्रेष्ठ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता,३ का वडा अध्यक्ष सफिक बेहना युवा संगठन संग आवद्ध करिव १०० जनाको उपस्थितमा कार्यालय उदघाटन भएको थियो ।

कार्यालय सञ्चालनमा आएसँगै राष्टिय प्रजातान्त्रिक युवा संगठन नगरकार्यसमितिले भोलि पदाधिकारी बैठक पनि सुरु गर्ने भएको छ ।

अब युवाहरू तथा संगठनका कामहरू संगठनको कार्यालय बाट संञ्चालन गर्ने पनि अध्यक्ष बर्माले बताएका थिए ।

प्रतिक्रिया