रामारोशन मेडिकल हलकोआयोजनामा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढीले सेवा लिए

नेपालगन्ज : ओलास्का रामारोशन मेडिकल हलको आयोजना तथा प्राबिधिक सहयोगमा आदर्श माद्यामिक विद्यालय नेपालगंजको समन्वय र जुनियर रेडक्रस आदर्श समुहको ब्यवस्थापनमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न भएको छ ।

आदर्श माध्यमिक स्कुल नेपालगन्जमा अध्यनरत विद्यार्थीहरुलाई कोभिड- १९ को मध्यनजर गर्दै ओलोस्का रामारोशन मेडिकल हल औद्योगिक क्षेत्र नजिकै रहेको मेडिकलले डा. बिष्णु कुमार थापा MBBS(BPKIHS),MD (PGI Chandigarh ,india ) consultant pediatrics (बाल रोग विशेषज्ञ ) द्वारा उपचार चेकजाँच गराएको हो ।

कक्षा २ देखि १० सम्मका करिब ८०० भन्दा बढी बिद्यार्थीलाई तौल ,उचाइ ,ज्वरो मुटु र अन्य स्वास्थमा समस्याहरुको बिद्यार्थीहरुलाइ निशुल्क चेकजाँच गरेको ओलस्का रामारोशन मेडिकलका संचालक सन्तोष शाहले बताउनु भयो ।

जाडोको समयमा कोभिड -१९ थप संक्रमणहुने भएकाले पटक पटक चेकजाँच र स्वास्थको ख्याल राख्न विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएका छौ यो भन्दा अगाडी आँखा शिबिर राखेका थियौं र अब योओलस्का रामारोशन मेडिकलको आयोजनाम स्वास्थ शिबिर राखेको हो ,अब परीक्षा लगत्तै दाँत शिविर पनि राख्ने आदर्श माद्यामिक स्कुल नेपालगन्जका सहायक प्राध्यापक टंक प्रसाद गौतमले बताउनु भयो ।

ओलस्का रामारोशन मेडिकलका कार्यरत कर्मचारीले प्राबिधिक सहयोगमा उपस्थिति ,प्रज्ञा वस्याल ,मनिसा के.सी ,लक्ष्मण कार्की ,सागर के.सी रहेका थिए भने आदर्श माद्यामिक स्कुलबाट ब्यवस्थापनमा,शिक्षिका सपना खरेल ,जुनियर रेडक्रस आदर्श समूह अध्यक्ष सृष्टि सापकोटा लगायत सम्पुर्ण विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया